बेनी नगरपालिका

बेनीमा घोडा नाच देखाइयो (भिडियो)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ३२ गते । नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो । नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । […]

गलेश्वरमा साउन महिनामा १५ लाख भेटी संकलन

ठाकुरप्रसाद आचार्य / बेनीसाउन २९ गते । म्याग्दीको बेनी नगरपालिका ९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाख बढी भेटी संकलन भएको छ ।साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वर शिवालय दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजन तथा श्रद्धालुहरुबाट १५ लाख दश हजार सातसय २४ रुपियाँ भेटी संकलन भएको हो ।यस वर्ष साउनको पहिलो […]

म्याग्दीमा कृषि र भेटेरिनरीको बजेट सार्वजनिक

ठाकुरप्रसाद आचार्य /बेनीसाउन २८ गते । म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि र पश्ु विकास कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि ८ करोड ३१ लाख ६० हजार रुपियाँ बजेट प्राप्त गरेका हुन । सोमबार बेनीमा आयोजना […]

साउनमा एकलाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/बेनीसाउन २८ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब एकलाख भक्तजनले दर्शन गरेका छन् ।बेनी नगरपालिका ९,गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो सोमबार देखि अन्तिम सोमबार आज सम्म उक्त संख्यामा भक्तजनहरुहरुले दर्शन,पूजाआजा र भ्रमण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनामा उल्लेख्य मात्रामा […]

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

विकल्प न्यूज/पर्वतसाउन २८ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।  तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउछिन् । “च्याउखेतीबाट […]

आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

म्याग्दी, साउन २५ गते ।  म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर  बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।  आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ […]

आज नागपञ्चमी, नाग पूजा गरिँदै

काठमाडौँ, साउन २५ गते । बेनीको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा नाग पूजा गर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, […]

बिउ आलु उत्पादन गरेर जलजलाले कमायो २९ लाख ७१ हजार

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २५ गते । बिउ आलु उत्पादन गरेका कृषकलाई रकम हस्तान्तरण गरिँदै । जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गरेर गत आर्थिक वर्षमा २९ लाख ७१ हजार ६ सय ४९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन गरेर पालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त आम्दानी गरेको […]

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी,  साउन २३ गते । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध  छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक […]

गलेश्वर शिवालयमा साढे चार करोड भेटी संकलन

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भत्तजनहरुले चढाएको भेटीको रकम करिब साढे चारकरोड नाघेको छ । गत असार मसान्त सम्म चार करोड ४१ लाख २५ हजार दुईसय २२ रुपियाँ बचत भएको छ । पछिल्ला एक दशक यता गलेश्वरधाममा भक्तजनहरुको आगमन बढेकाले भेटीको रकम वृद्धि हुँदै गएको […]

काँक्राको बिउ बिक्री गरेर दशलाख कमाउने धाइरिङका नवराज

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका कृषकले काँक्राको बिउ उत्पादन गरेर गाउँमा दुईकरोड रुपियाँ भन्दा बढी भिœयाएका छन् । यहाँका करिब ७० घरधुरीले बिउ उत्पादनका लागि भक्तपुर लोक्कल जातको काँक्रो खेती गरेका थिए । यसवर्ष गाउँमा सबै भन्दा धेरै उत्पादन गर्ने कृषकमा नवराज आचार्य हुनुहुन्छ । उहाँले काँक्राको बिउ उत्पादन गरेर […]

जलजलाको निशुल्क एम्बुलेन्स सेवाबाट लक्षितबर्ग खुसी

ठाकुरप्रसाद आचार्यसाउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको अप्रेशन गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्सले घरबाट पोखरा स्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा […]

ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी

ठाकुरप्रसाद आचार्य \बेनीसाउन २१ गते । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका २ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा खुसी थिए । तर प्रयाप्त मात्रामा बजेट नआउँदा अहिले योजना अलपत्र जस्तै परेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा […]

ललिता शेरबुजालाई ‘मिस नेपाल’मा जिताउन बेनीमा अभियान

विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ […]

रत्नेचौरमा सिंचाई सुविधाले किसान खुसी

विकल्प न्यूज/बेनीसाउन १७ गते । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर स्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाई सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिंचाई योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने रत्नेचौरवासीको बाध्यता यसपाली हट्यो । यसपाली रत्नेचौरका किसानले असार […]