ललिता शेरबुजालाई ‘मिस नेपाल’मा जिताउन बेनीमा अभियान

विकल्प न्यूज\बेनी
साउन १७ गते ।

म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ ।

भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ । नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–१,बेगखोला घर भई हाल अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएको छ । यसैगरी वडा अध्यक्ष बिलबहादुर फगामीले पनि ललितालाई भोट दिएर सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

शेरबुजाले  म्याग्दी स्थित मगर समुदाय लगायत विभिन्न जातजातिका मौलिक पुख्र्यौली कला,भाषा र संस्कृतिको संरक्षण र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आफुले काम गर्ने उद्घोष गर्नुभएको छ ।

केही समय अघि मात्र जिल्लाको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने पर्यटकलाई लक्षित गरी पुरुष र महिलाले प्रयोग गर्ने दुई कोठे शौचालय निर्माण गर्नुभएको छ । ललितालाई जिताउन मोनाले समेत अभियान संचालन गरिरहेको छ ।