बेनी नगरपालिका

जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु

विकल्प न्यूज/बेनी बेनी २४ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा समानुपातीक उम्मेदवार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत […]

वाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा

विकल्प न्यूज/बेनी म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा वाम गठबन्धनले चुनाबी आभियनलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आमसभा सम्पन गरेको हो । भकुण्डेमा […]

म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]

वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी कार्तिक २० गते । बेनी नगरपालिका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको वाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सेते […]

ओमकुमारी शान्ति कोषद्धारा डाक्टर मल्ललाई सम्मान

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो […]

चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । पञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त […]

विदेशको कमाई समाज सेवामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम क्याम्पस […]

यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]

बेनि नगरपालिका भित्रका सडक मर्मत सुरू

सन्तोष गौतम\ न्युज बेनी ९ असोज ।बेनी नगरपालीकाको विभिन्न वडालाई जोड्ने सडक मर्मत गरिएको छ । बर्षातका कारण पहिरो खस्ने, भत्कीने, हिलो जम्ने र खोल्सामा आएको बाढीले बगाएर अवरुद्ध बनेका सडक मर्मत गरिएको हो । बेनी नगरपालीका, वडा कार्यालयको समन्वय तथा जनप्रतिनिधिहरुको पहलमा सदरमुकाम बेनी बजारदेखि वडाका बस्तीहरु जोड्ने सडक मर्मत गरिएको जनाइएको छ । […]

बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र […]

बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असोज  म्याग्दीको बेनी नगरपालिकाले सडक स्तरवृद्धिसम्बन्धि योजनालाई प्राथमिकता दिएको छ । बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकाम समेत रहेको बेनी बजारदेखि सबै वडालाई जोड्ने सडकमा बाह्ै महिना यातायात सेवा सञ्चालन हुने बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि नगर क्षेत्रमा भएका कामको […]

बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार […]

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ भदौ । बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते ।  कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव  खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर  वडा सचिवहरु अझै सदरमुकाममै  विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन  म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]

बेनी नगरपालिका ८ द्धारा म्याग्दीमै पहिलोपटक व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ भदौ । बेनी नगरपालीका वडा न. ८ ले व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु गरेको छ । गणेशटोलमा स्थापना भएको वडा कार्यालय उद्घाटनका अवसरमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको हो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिलो पटक छोरी तेजस्वी र छोरा विद्यत केसीको अनलाईन माध्यमबाट घटना दर्ता गराउनुभएका […]