बेनी नगरपालिका
बेनी– लभ्लीहिल पदमार्ग निर्माण सुरु
विकल्प न्यूज/बेनी पुस १ गते । शिलान्यास गरिएको तिनमहिना पछि बेनी– लभ्लीहिल पदमार्गको निर्माण सुरु गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त लगानीमा पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि करिब ७८ लाख रुपियाँ खर्च हुने अनुमान […]
पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी मंसिर २८ गते । पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शुक्रवार सम्पन्न छैटौं साधारणसभामा बोल्ने बक्ताहरुले पछिल्लो समय पत्रकारिता पेशाप्रति नागरिकहरुले प्रश्न उठाउँदै आएकाले पेशालाई विश्वासनीय,मर्यादित र भरपर्दो बनाउन पत्रकारहरुलाई सुझाव दिएका हुन । साधारणसभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण […]
म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै
विकल्प न्यूज/बेनी मंसिर २६ गते । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो । पौस १४ गतेबाट सुरु हुने प्रतियोगितामा कक्षा […]
डिभिजन वन कार्यालय म्याग्दीको बजेट सार्वजनिक
विकल्प न्यूज/बेनी मंसिर २४ गते । संघियता कार्यान्वयन सँगै जिल्ला वन कार्यालयलाई विस्थापीत गरेर गण्डकी प्रदेश सरकार मातहत स्थापना भएको डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । डिभिन वन कार्यालयको तालिम हलमा सरोकारवालाको सहभागितामा संघिय र प्रदेश सरकारबाट प्राप्त भएका कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको हो । […]
प्रकाश माविमा नेविसंघको संगठन निर्माण
अनिल पौडेल/विकल्प न्यूज मंसिर २३ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ ।आइतवार म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्रकाश माध्यमिक बिद्यालय कक्षा ११ मा साजिना पाईजाको अध्यक्षतामा ५७ सदस्य नेबिसंघ गठन गरिएको नेपाल बिद्यार्थी संघका प्रकाश मावि कक्षा १२ का सभापति हिम्मत केसीले जानकारी दिएका छन । कार्य समितिको […]
न्यू निलगिरी सहकारीको पाँचौ साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीबजारमा सञ्चालित न्यू निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की(विखर्ची) ले सहकारी शिक्षाको अभावमा कतिपय सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो । सहकारीको ऐन नियमलाई सञ्चालक सदस्यहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा उहाँले […]
माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग
विकल्प न्यूज/बेनी मंसिर २१ गते । माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ । बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो । गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख […]
मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन
अनिल पौडेल/विकल्प न्यूज मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव […]
गलेश्वरमा शतबीज छर्न भक्तजनको घुइँचो
विकल्प न्यूज/बेनी मंसिर २० गते । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन […]
निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा
विकल्प न्यूज/बेनी मंसिर १९ गते । पत्रकार भेटघाटमा असन्तुष्ट व्यवसायीहरु निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । दुई खेमामा विभाजन भएका व्यवसायीहरुका बिचको विवाद यतिखेर उत्कर्षमा पुगेको हो । विवाद नमिले पछि दुवै पक्षले विहिवार र शुक्रवार फरक फरक पक्षका व्यवसायीहरुको भेला डाकेका छन् । संघका अध्यक्ष नारायण जिसी र असन्तुष्ट पक्ष निर्वतमान […]
“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान
विकल्प न्यूज/बेनी मंसिर १९ गते । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा भोग्नु पर्ने विभिन्न […]
पार्टी सचिवालयले गरेका निर्णयहरु बैधानिक ः मुख्यमन्त्री गुरुङ
विकल्प न्यूज/बेनी मंसिर १५ गते । नेपाल कम्युनिष्ट (नेकपा)पार्टीका गण्डकी प्रदेश कमिटीका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको केन्द्रिय सचिवालयले गरेका निर्णयहरु बैधानिक भएको बताउनुभएको छ । नेताहरु सम्मीलित सचिवालयले पार्टीको विधान अनुसार पार्टी एकताका सन्दर्भमा गरेका निर्णयहरु बैधानिक भएको उहाँले दावी गर्नुभयो । हालैमात्र केही केन्द्रिय सदस्यहरुले सचिवालयले मनपरी रुपमा निर्णय गरेको भन्दै […]
न्यू वेष्ट प्वाइन्टलाई १७ औं जेसीज कपको उपाधी
विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न अन्तर मावि जिल्लास्तरीय १७ औं जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी च्याम्पियन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा केबी एकेडेमी दरवाङलाई शून्यका विरुद्ध चार गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । केबी एकेडेमी पहिलोपटक […]
वेष्ट पोइन्टमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी मंसिर १४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टको आयोजनामा मंसिर १४ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए पश्चिम दरबांग देखि उत्तर भुरुंग तातोपानी सम्मका विद्यालय सहभागी सो प्रतियोगितामा […]
बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन
धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]