ताजा समाचार:
Search

६९ औं प्रजातन्त्र दिवसका अवसरमा पदमार्ग सरसफाई

विकल्प न्यूज/बेनी
फागुन ६ गते ।  म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई गरेका छन् ।

जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षाकर्मीहरुले पदमार्गमा फालिएका फोहोर संकलन र व्यवस्थापन गरेका थिए । सरसफाईमा प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन भएका थिए । मंगलबार प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।