बेनी नगरपालिका
मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी
साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]
मुुसुङमा पर्यटन मेला सुरु
विकल्प न्यूज/बेनी पुस २९ गते । कला र संस्कृतिको संरक्षणसँगै ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको मुसुङमा आइतबार देखि माघे संक्रान्ति पर्वको अवसरमा पर्यटन मेला सुरु भएको छ । मुसुङको स्वर्गाश्रम युवा क्लब आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेलाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । […]
वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी पुस २९ गते । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब Influential Bachelor क्लबIB Club ले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ३ दिन सम्म […]
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत
सन्तोष गौतम/विकल्प न्यूज पुस २९ गते । भारतको दक्षिण बंगालमा हालै भएको अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, […]
बेनी संरक्षण योजना ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता
विकल्प न्यूज/बेनी पुस २८ गते । बेनी बजार संरक्षण योजनामा भएको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनीलाई संरक्षण गर्ने योजना समयमै सुरु हुननसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन । सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की […]
पुनः निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग समझदारीपत्रमा हस्ताक्षर
विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीमा पुनः निर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि यहाँका स्थानीय तहसँग सम्झौता गरिएको छ । एक नगरपालिका सहित पाँचवटा गाउँपालिकाका प्रमुखहरु सँग शनिवार राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन इकाई म्याग्दी विच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले शनिबार आयोजना गरेको जिल्ला स्तरीय समन्वय […]
बेनी खानेपानीको १९ औं साधारणसभा सम्पन्न
साधन राम्जाली/बेनी पुस २७ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर्नबाट कोही पनि नागरिक छुट्नुनपर्ने बताउनुभयो । उहाँले […]
म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २६ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । […]
बेनी नगरपालिकाद्वारा डिपिआर बनाउन पूर्वाधार योजना छनौट
विकल्प न्यूज/बेनी पुस २३ गते । बेनी नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभागले तयार पार्ने डिपिआरका लागि सोमबार योजना छनौट गरेको छ । बिभागले तीस/तीस करोड रुपैयाँका दुई वटा योजनाको लागि डिपिआर तयार बनाउन प्राथमिकता निर्धारण गर्न नगरपालिकालाई आग्रह गरेको थियो । विभागको आग्रह अनुसार सोमबार नगरपालिकामा भएको छलफलपछि नगरपालिकाको मुख्य नारा तय गरेर पूर्वाधार […]
आइएमई लाइफ ईन्स्योरेन्सको ६७औं शाखा बेनीमा
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २३ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ६७औं शाखा म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको छ । ‘बचत लगानी र सुविधाका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित शाखा विस्तार गरिएको हो । शाखाको सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष डाक्टर रामहरि अर्यालले उद्घाटन गर्दै बीमाप्रति युवा पुस्तालाई आकर्षण […]
म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर
साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]
तातोपानीमा ‘बाथ टव’ निर्माण
विकल्प न्यूज/बेनी पुस २२ गते । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट […]
व्यवसायी केसीद्धारा कालीपुलमा नाली मर्मत गरेर ढल व्यवस्थापन
बिकल्प न्युज बेनी पुस २२ गते । म्याग्दी प्रवेशद्धार बेनीको कालीपुल बसपार्कको सडक छेउको नाली एक व्यवसायीले व्यक्तिगत खर्चमा मर्मत गर्नुभएको छ । कालीपुलको केवी अटो पाट्र्स एण्ड मोटरसाईकल सर्भिस सेन्टरका सञ्चालक खेम केसीले सडकबाट बग्ने ढललाई नाली बनाएर व्यवस्थापन गर्नुभएको हो । दुई दिनसम्म चार जना मजदुर र चार घण्टा ब्याकुहोलोडर परिचालन गरेर करिब […]
म्याग्दी जेसीजको अध्यक्षमा खम थापा निर्वाचित
विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दी जेसीज २०१९ को अध्यक्षमा बेनीका खम थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको २० औं वार्षीक साधारणसभा तथा शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा भरत रकाल,कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ,सुजन बरुवाल,महासचिव सन्दीप खत्री,कोषाध्यक्ष अर्जुन पौडेल,शाखा सम्पादक भिमनाथ शर्मा,उपाध्यक्षहरुमा रमेश आचार्य,निर्मल खत्री र सुमन […]
निर्माण व्यवसायी संघ म्याग्दीमा फेरी किचलो !
विकल्प न्यूज/बेनी पुस २१ गते । निर्माण व्यवसायी संघ म्याग्दीको बिवादका कारण स्थगित भएको अधिवेशनको मिति तय भएपनि किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन आयोजक समिति गठन गरि माघ ५ गते अधिवेशनको मिति तय भएपनि […]