विकल्प न्यूज/बेनी
चैत १९ गते । गत आइतवार राती आएको हावाहुरीका कारण बारा र पर्साका घाइते भएकाहरुको उपचारका लागि बेनीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
म्याग्दीमा रहेका लायन्स क्लबहरुको संयुक्त आयोजना,नेपाल रेडक्रस रक्तसंचार केन्द्र र बेनी अस्पतालको सहयोगमा मंगलवार बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचारहरु वाहिर आएपछि बेनीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ पिस सिटीका अध्यक्ष लोकेश पुनमगरले जानकारी दिनुभयो ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रगत आजै पोखरा हुँदै बारा र पर्सा पठाइने क्बलका अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार,व्यवसायी र सर्वसाधारणहरुले रक्तदान गरेको थिए । आइतबार राति आएको हावाहुरी र आँधीबाट २७ जनाको मृत्यु भएको थियो भने पाँचसय भन्दा वढी घाइते भएको जनाइएको छ ।