रघुगंगा गाउँपालिका
राखुकोभगवती कोतमा राँगो मार हान्न ४ लाख ७१ हजार बोलकबोल

विकल्प न्यूज\बेनीअसोज २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न ९काट्न० चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी तीनजनाको […]
बागलुङ गलकोट दुर्घटना ः गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

बागलुङ,भदौं २८ गते । बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा भएको सरकारी नम्बर प्लेटको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । ३३ बर्षिया बुढाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उपाध्यक्ष बुढाको आमा ६१ बर्षिया गोपीमायाँ बुढाको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बाँकी एक जनाको […]
बेनी-जाेमसाेम सडक : सिरूबारी पहिराेमा ढुङ्गा खसेर बस च्यापियो

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ ४ गते बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]
जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

विकल्प न्यूज/बेनीसाउन २४ गते । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनु भएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न […]
ललिता शेरबुजालाई ‘मिस नेपाल’मा जिताउन बेनीमा अभियान

विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ […]
राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट […]
रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विकल्प न्यूज/बेनीम्याग्दी,असार ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक बर्ष २०८०\०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास निर्माण,जलविद्युत आयोजना,सेवा प्रवाह,शिक्षा,स्वास्थ्य,विपत व्यवस्थापन लगायतका […]
रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात […]
चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

विकल्प न्यूज\बेनीअसार २६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताउनुभयो । […]
बेनीको मुक्तिनाथ सहकारीले सुरु गरेको योग अभ्यासको निरन्तरता

विकल्प न्यूज/बेनी जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिका ८ स्थित न्यूरोडमा संचालित मुक्तिनाथ बहुउश्यीय सहकारी संस्थाले सुरु गरेको योग अभ्यासलाई निरन्तरता दिइएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई गत वैशाख २८ गते देखि जेठ १ गते सम्म योग प्रशिक्षण सुरु गरेको थियो । सेयर सदस्यहरुको मानसिक,शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सुरु गरेको योग […]
चालीस लाख खर्चेर रघुगंगाको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी, जेठ २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित […]
रघुगंगा ३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

विकल्प न्यूज/बेनी जेठ १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ नम्बर वडा कार्यालयले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर ९मिनिटेलर हलो० वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ बार्षिक स्विकृत कार्यक्रम अन्तरगत ३८ जना कृषकहरुलाई अनुदानमा हाते […]
म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृति

जेठ १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रूपमा चिनिने भूमे पूजामा भूमे […]
सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

बेनी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा […]
त्रिपालको ओतमुनि दर्मिजा तातोपानी कुण्ड ः बिरामीलाई सास्ती

वैशाख १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरू तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् । अघिपछि कुनै समस्या नहुने […]