बागलुङ गलकोट दुर्घटना ः गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

बागलुङ,भदौं २८ गते । बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा भएको सरकारी नम्बर प्लेटको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ ।

३३ बर्षिया बुढाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उपाध्यक्ष बुढाको आमा ६१ बर्षिया गोपीमायाँ बुढाको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बाँकी एक जनाको मृत्यु भएपनि सनाखत हुन सेकेको छैन् ।


उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए । रा १ झ २०० नम्बरको सरकारी गाडी शुक्रबार बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा दुई महिला र एक पुरुष थिए । उक्त गाडीमा पुथाकै एक जना वडाअध्यक्ष सवार रहेको भएपनि उहाँ गाडीमै भए नभएको बिषयमा खुलेको छैन् । महिला मध्ये उपाध्यक्ष बुढा र उहाँकी आमाको मात्रै सनाखत भएको छ । घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।


रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काले पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको पुष्टि गरे । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।
गाउँपालिका उपाध्यक्ष केही दिन अघि आमालाई लिएर काठमाण्डौ निस्किएको जानकारी पाएको उहाँले बताए।

पुथा उत्तरगंगामा शुक्रबार बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या रहेकाले सकैसँग सम्पर्क हुन नसकेको उनले बतउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *