बेनी-जाेमसाेम सडक : सिरूबारी पहिराेमा ढुङ्गा खसेर बस च्यापियो

 ठाकुरप्रसाद आचार्य 

म्याग्दी,भदौ ४ गते  बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् ।

पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

घाइते बेनी नगरपालिका–४ सिंगाकी २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा गाउँपालिका–२ की ३१ वर्षीया मिना नेपालीलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पतालमा ल्याईएकाे  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी  राजन रायमाझीले बताउनुभयो । 

मिनाको टाउको र ढाडमा चोट लागेको छ । पुजाको अवस्था सामान्य छ । 

याे स्थान पहिराका कारण जाेखिम छ ।  करिब १५० मिटर दुरीको सडकमा १ किलोमिटर माथिबाट पहिरो खसिरहने गर्छ । 

पहिराेमा च्यापिएकाे बस । तस्बिर राजु राम्जाली