ताजा समाचार:
Search

मालिका गाउँपालिका

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]

आगोलागीबाट बिममा एक घर जलेर नष्ट

विकल्प न्यूज/बेनी फागुन २१  । म्याग्दीको मालीका गाउँपालिका ७ बिममा आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । साविक बिम गाविस ४ का चन्द्रबहादुर दर्जीको घरमा आईतबार राती आगोलागी हुँदा नष्ट भएको हो । चुल्होमा रहेको आगोको झिल्का घर छाउन प्रयोग भएको खरमा सल्किएपछि आगोलागी भएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक महतले […]

धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २० फागुन । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । धारापानीमा धौलागिरी गाउँपालीकामै पहिलो पटक केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण हुन लागेको हो । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरी गाउँपालीकाले उपभोक्ता समिति मार्फत धारापानीमा विद्युतीकरण गर्न लागेका हुन् । […]

मालिकाको प्रोफाइल तयार

विकल्प न्यूज/बेनी फागुन १९ गते ।मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाको बस्तुगत विवरण बिना तत्कालीन, अल्पकालीन र […]

म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ फागुन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष […]

चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ फागुन । म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमो पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अनितम चरणमा पुगेको जानकारी गराइएको हो […]

निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर

विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले स्वास्थ्य जस्तो संवेदनशिल […]

देविस्थानमा दलित अधिकारसम्बन्धि बहस

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दी मालिका–५ देविस्थानमा दलित हकअधिकार तथा सशक्तिकरणसम्बन्धी दुईदिने तालिम सुरु भएको छ । नयाँ संविधानमा दलितसँग सम्बन्धित हकअधिकारका विषयमा ग्रामिणस्तरसम्म जनचेतना जगाउने उद्देश्यले मालिका गाउँपालिकाको सहयोग तथा दलित वर्ग उत्थान वडा समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तालिम सुरु भएको हो । दलित वर्ग उत्थान समन्वय समिति देविस्थानका अध्यक्ष धनबहादुर विश्वकर्माको […]

परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

विकल्प न्यूज/बेनी फागुन ९ गते । मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा भएको शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का कर्मचारी रिता वुढाले जानकारी दिनुभयो । सोही अवसरमा स्वास्थ्य […]

प्रवासीको पहलमा विद्यालयलाई पाच लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ फागुन । म्याग्दीको मालीका गाउँपालिका ४ मा रहेको महभिर आधारभुत विद्यालयलाई एक प्रवासीको पहलमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ४ च्युरीबोट घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर घर्तीमगरको पहलमा बेलायत र हङकङमा संकलन भएको पाच लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराइएको हो । ७३ […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/दरवाङ फागुन ३ गते ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको विहिवार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै  दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा सात सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा थमन गौतम, मालिकाका अध्यक्ष संरक्षण, सदस्य सचिवमा केन्द्र प्रमुख डाक्टर राजेन्द्र […]

दरवाङ्ग आयोजनामा ५ बैंकले ३५० करोड लगानी गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र बैंकहरुबीच जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी […]

मालीकाले २७.४ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । म्याग्दीको मालीका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २७.४ प्रतिशत बजेट खर्च गरेको छ । २८ करोड ५७ लाख ६८ हजार रुपैयाँ कुल वार्षिक बजेट बिनियोजन गरेको मालीकाले साउन देखि पुष महिनासम्म पाँच करोड ८७ लाख ७० हजार ५९८ रुपैयाँ खर्च गरेको हो । लेखापाल […]

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज मालीका १५ माघ । म्याग्दीको मालीका गाउँपालिका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायिक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैयाँ भन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् […]

हेनुहोस रविना र विनुको धमदार डान्स (भिडियो)

विकल्प न्यूज/बेनी माघ ४ गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । म्याग्दीका चर्चित रविना भण्डारी र विनु कार्कीले महोत्सवको पाँचौ दिन दमदार डान्स प्रस्तुत गरेका छन् । काली र म्याग्दीको चिसो हावामा दर्शहरुलाई उनीहरुको डान्सले तताएको थियो ।