निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर

विकल्प न्यूज/बेनी
फागुन १४ गते । niskot-2म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सदैव सचेत रहनुपर्नेमा जोड जोडदिनुभयो ।

डाक्टर न्यौपानेले सिफो टु ले म्याग्दीमा चलाएको अभियान निक्कै प्रभावकारी भएको वताउदै स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिममा पठाउने तथा गाँउ गाँउ पुगेर परिवार नियोजन सेवा प्रदान गर्ने कार्य निक्कै सह्रानिय रहेको वताउनु भयो ।

कार्यक्रममा सिफो टु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देल जनसमुदायमा अझैपनि परिवार नियोजन सम्वन्धी गलत धारणा रहेको भन्दै त्यसको सही निराकरणको लागि सवै मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष टंक प्रसाद पुनले परिवार नियोजन सम्वन्धी चेतनामुलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने वताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा निर्वाचित जनप्रतिनिधी ,महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै सोही ठाँउमा सञ्चालन गरिएको घुम्ती शिविरमा ६ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाएका सिफो टु का जिल्ला प्रवन्धक डाक्टर सिग्देलले जानकारी दिनुभयो ।
आगामी चैत्र महिनाको पहिलो शनिवार स्थानिय जनताको गुनासोलाई मध्यनजर गर्दै नवविवाहित जोडीहरुलाई परिवार नियोजनको साधनहरुको वारेमा अभिमुखिकरण तय गरिएको सिफोटुका वि.सि.सि.कोअर्डिनेटर राधाकृष्ण शर्मा डुम्रेले जानकारी दिनुभयो ।