ताजा समाचार:
Search

मंगला गाउँपालिका

पूरा भयो सापकोटाको स्नातक तह पढ्ने चाहना

विकल्प न्यूज/बेनी असोज १९ गते । चरम गरिबीका कारण उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाको स्नातक तह पढ्ने चाहना पुरा भएको छ । प्लस टू उत्र्तिणा गरेपनि आर्थिक अभावकै कारण स्नातक तहसम्मको शिक्षालाई अगाडी बढाउन नसकेका सापकोटालाई लायन्स क्लव अफ बेनी पिस सिटीले बिहिबार एक कार्यक्रमका बीच ६६ हजार सहयोग हस्तान्तरण […]

युवाहरुले जुटाए सुरेशको उपचारका लागि डेढलाख

विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ५ नेटाका युवाहरुले मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि डेढ लाख रुपियाँ जुटाएका छन् । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेपछि यतिखेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएको छ । छन्त्यालको जिवन रक्षाका लागि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले अभियान सञ्चालन गर्दै आएको छ । […]

स्वास्थ्यचौकीलाई कार्यालय व्यवस्थापनका सामग्री सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १२ ।म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा नवनिर्मित स्वास्थ्यचौकीको भवनलाई कार्यालय व्यवस्थापनका सामग्रीहरु सहयोग भएको छ । एकीकृत पोषणको क्षेत्रमा काम गर्दै आइरहेको मिलन म्याग्दीको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रममार्फत सामग्री सहयोग गरिएको हो । कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक टेबुल २ थान, प्लाष्टिक कुर्सी तीनवटा, सूचना पाटी, ह्वाइट बोर्ड, थर्मस (हटपट), […]

मृगौला पीडित सुरेशको उपचारका लागि विद्यार्थीले जुटाए ४३ हजार

विकल्प न्यूज/बेनी भदौ ७ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि विद्यार्थीले ४३ हजार पाँचसय १५ रुपियाँ जुटाएका छन् । संकलित रकम सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई विहिवार हस्तान्तरण गरिएको हो । मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले संयुक्त रुपमा बेनीमा रहेको प्रकाश माध्यमिक […]

मंगलामा पार्क निर्माणका लागि करिव ४० लाखको जग्गा सहयोग

विकल्प न्यूज/बेनी साउन २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका २ का क्याप्टेन इन्द्रबहादुर अधिकारीले बालबालिका तथा ज्येष्ठ नागरिक पार्क बनाउनका लागि करिब ४० लाख वरावरको जग्गा गाउँपालिकालाई निशुल्क रुपमा सहयोग गर्नुभएको छ । बाबियाचौर घर भई हाल काठमाण्डौं वसोवास गर्नुहुने अधिकारीले बावियाचौर बजार देखि पोक जाने पुल छेवैको ३ रोपनी १५ आना, तिन दाम १ […]

आर्थिक अभावका कारण १० वर्ष देखि उपचारबाट बञ्चित

अमित बिश्वकर्मा/विकल्प न्यूज म्याग्दी, साउन १७म्याग्दीको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि उपचार नहँुदा समस्या भएको छ । उहाँ ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार गराउन नसक्दा हाल आएर झनै समस्या देखीएको छ । आफु […]

बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीय तहको केन्द्रमा बुधबार एकैसाथ शाखाको स्थापना गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखा विस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ […]

मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई भत्ता !

विकल्प न्यूज/बेनी साउन १० गते । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर […]

बाबियाचौर–झाँक्रेपानी पदमार्ग निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ असार ।म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनी पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम सुरु गरेको हो । यस वर्ष गाउँपालिकाको चार लाख रुपैया […]

कुहुँमा सार्वजनिक सुनुवाई

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असार ३१ ।पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको सहजीकरण र मंगला गाँउपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी कुहुँका स्थानीय बासिन्दाहरुले शिक्षकको तलब÷भत्ता निकाशामा ढिलाई […]

बरंजामा सार्वजनिक सुनुवाई

विकल्प  न्यूज/बेनी असार ३१ ग्ते । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवा हर सामाजिक सुरक्षा भत्ता वितरणको बिषयमा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।  गाउँपालिकाले प्रवाह गरेको सेवा, विकास […]

अर्मनमा सार्वजनिक सुनुवाई

ठाकुरप्रसाद आचार्य/निर्मल खत्री असार ३० गते । म्याग्दीको मंलगा गाउँपालिका ५ अर्मनमा शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो […]

ट्याक्टरले खेत जोत्दै…….

विकल्प न्यूज/बेनी असार २९ गते । ट्याक्टरले खेत जोत्दै……. म्याग्दीको मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटका कृषकहरु धान रोपाईका लागि ट्याक्टर प्रयोग गरेर खेत हिल्याउँदै । पछिल्लो समय म्याग्दीका कृषकहरुले खेतीलाई प्रबिधिकरण गर्न थालेका छन् । तस्विर सन्तोष गौतम

बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम

विकल्प न्यूज/बेनी बेनी २२ असार ।म्याग्दीको मंगला गाउँपालिका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । सिरकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको भैसी गोठमा क्षत्ती पुराएको […]

मंगलामा कृषि पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय कृषि […]