ताजा समाचार:
Search

मंगलामा पार्क निर्माणका लागि करिव ४० लाखको जग्गा सहयोग

विकल्प न्यूज/बेनी
साउन २९ गते ।  39191445_1856718601075714_142630319097380864_n म्याग्दीको मंगला गाउँपालिका २ का क्याप्टेन इन्द्रबहादुर अधिकारीले बालबालिका तथा ज्येष्ठ नागरिक पार्क बनाउनका लागि करिब ४० लाख वरावरको जग्गा गाउँपालिकालाई निशुल्क रुपमा सहयोग गर्नुभएको छ ।

बाबियाचौर घर भई हाल काठमाण्डौं वसोवास गर्नुहुने अधिकारीले बावियाचौर बजार देखि पोक जाने पुल छेवैको ३ रोपनी १५ आना, तिन दाम १ पैसा बरावर क्षेत्रफलको जग्गा निशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । सहयोगदाता अधिकारीलाई स्थानीयवासीहरुले मंगलवार बाजागाजा सहित बावियाचौर बजार परिक्रमा गराएका छन् ।

सहयोगदाता सम्मान कार्यक्रममा ७३ बर्षीय अधिकारीले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो । 39119395_2206388642736614_5924655686863552512_nगाउँपालिकाले निर्माण गर्न लागेको पार्कका लागि आवश्यक जग्गा निशुल्क रुपमा उपलब्ध गराएर ठूलो योगदान गर्नुभएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाले भन्नुभयो,‘उहाँ मनको धनी हुनुहुदोरहेछ । उहाँको सामाजिक सेवाबाट हामी उत्साहित भएका छौं ।’बजेटको व्यवस्था गरेर चाँढो पार्क बनाउन गाउँपालिकाले योजना बनाउने उहाँले बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्ष भित्रै पार्क निर्माण गरिने बताउनुभयो । प्रदेश सरकारबाट पार्क निर्माणका लागि जग्गाको वन्दोवस्त तुरुन्त गर्नु भन्ने चिठी पत्र आएको उहाँले बताउनुभयो ।

पार्क निर्माणका लागि  गाउँपालिकाले समपुरक कोषबाट केही रकमको व्यवस्था गर्ने र प्रदेश सरकारलाई पनि बजेट उपलब्ध गराउन अनुरोध गरिने अध्यक्ष रोकाले बताउनुभयो । Mangala-land-6कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जग्गादाता अधिकारीलाई सम्मान पत्र सहित टिका, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सहयोगदाता अधिकारीले पार्क निर्माण गर्ने योजनामा आफुले सहयोग गर्न पाउँदा सन्तुष्टी मिलेको बताउनुभयो । उहाँले गाउँपालिकाले बजेटको व्यवस्था गरि चाँढो पार्क निर्माण गर्न अनुरोध समेत गर्नुभयो । 39200768_2206388586069953_9188622096412966912_nकार्यक्रममा मंगला गाउँपालिका–२ का वडा अध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता धनबहादुर खाती, जनआदर्श महिला सहकारीका अध्यक्ष यसोदा रोका मगर, मंगला शिक्षा क्याम्पसका अध्यक्ष श्रीराम पौडेल र दिर्घबहादुर खड्काले सहयोगदाता अधिकारीले समाजका लागि गर्नुभएको योगदानलाई उच्च मुल्याङ्कन गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केसीले स्वागत गर्नुभएको थियो भने सञ्चालन कार्यकारी सचिव राजेन्द्र आचार्यले गर्नुभएको थियो ।