धवलागिरी गाउँपालिका

धौलागिरी गाउँपालिकाद्धारा ३२ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम, निर्मल खत्री मुना, म्याग्दी ११ असार । पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निती तथा कार्यक्रम सहित म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि आईतबार ३२ करोड रुपैया भन्दा बढीको बजेट सार्वजनीक गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

ताकममा घरघरमा धारा (फोटो फिचर)

गोपाल आचार्य/विकल्प न्यूज ताकम,असार ९ गते ।   धौलागिरी गाउँपालिका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् ।दुई करोड ६७ लाख […]

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

गोपाल आचार्य/विकल्प ताकम १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष […]

एकताको सन्देश लिएर ताकम पुगे नेकपाका नेताहरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । धौलागिरी गाउँपालिका ७ ताकममा मंगलबार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, नीति र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन प्रशिक्षण […]

जनविकास माविमा छात्रवृत्ति वितरण, बालक्लब र जुरेस गठन

पार्वती सुवेदी/विकल्प न्यूज मराङ २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माविमा आईतबार छात्रवृत्ति वितरण संगै बालक्लब र जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता, प्रअ हरिप्रसाद लामीछानेको स्वागत, शिक्षक गोविन्द प्रसाद गौतमको सञ्चालन र वडा अध्यक्ष राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरकारले उपलब्ध […]

धौलागिरीमा योजना संकलन र प्राथमिकीकरण सुरु

होसीयारसिङ विक/विकल्प न्यूज मुना २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिकाले बस्ती स्तरबाट आगामी आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन हुने योजना संकलन र प्राथमिकीकरण सुरु गरेको छ । असार दोस्रो हप्तासम्म आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको धौलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बस्तीको आवश्यकता, समस्या पहिचान गरी योजना निर्माणमा जुटेका हुन् । बस्ती, वडा, विषयगत […]

गुर्जाली आमाहरुको नमुना काम

विकल्प न्यूज/बेनी जेठ २५ गते । जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो । गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी […]

खाने गास काटेर विद्यालय चलाउँछन गुर्जाली

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २५ गते ।  म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालिका १ गुर्जाका स्थानीयलाई गाउँमा विद्यालय चलाउन धौधौ छ । गुर्जालीहरुले चन्दा र सहयोग जुटाएर विद्यालय धानेका छन् । विद्यालय धान्नका लागि वार्षीक लाखौं रकम जुटाउनु पर्ने बाध्यता गुर्जालीलाई छ । गाउँमा रहेको जनकल्याण माध्यामिक विद्यालय चलाउने भरपर्दो माध्यम यार्चा गुम्बा पनि हो । […]

धौलागिरी गाउँपालिकाको प्रोफाईल तयार

सन्तोष गौतम/ विकल्प म्याग्दी १८ जेठ ।म्याग्दीको धौलागिरी गाउँपालिकाको आर्थिक, सामाजिक, मानविय, भौतिक अवस्था समेटिएको बस्तुगत विवरण (प्रोफाईल) तयार भएको छ । पहिलो गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोफाईल तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता शुभारम्भ उद्यमशिल नेपाल प्रालीले विवरणको शुक्रबार प्रस्तुतीकरण गरेको छ । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा परामर्शदाता कम्पनीका समाजशास्त्री केशव […]

लभ्ली झरना !

विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य  

पर्यटकलाई लोभ्याउँदै गुर्जाको होमस्टे

ठाकुरप्रसाद आचार्य/विकल्प न्यू जेठ १६ गते । चुरेन र गुर्जा हिमालको काखमा रहेको सुन्दर वस्ती धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा होमस्टे छ । गुर्जाको सुन्दरता सँग रमाउन आउने पाहुँनालाई गुर्जावासीले फुल र मालाले न्यानो स्वागत गर्दछन् । पाहुँनालाई खान र वस्ने सुविधा दिनका लागि गुर्जावासीहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन । गुजुमुज्ज परेका परम्परागत शैलीका घर […]

बालबालिकालाई शैक्षिक सामाग्री वितरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ जेठ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले लक्षित बालबालिकालाई चालु शैक्षिक सत्र २०७५ को शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेको छ । धौलागिरी गाउँपालिका ३ मुना स्थित धौलागिरी आधारभुत विद्यालयबाट स्पोन्सर बालबालिकालाई कपी, कलम, पेन्सील, ईलेजर, कटर, झोला, जुत्ता, मोजा, स्वीटर र विद्यालय पोशाक […]

मराङ सडक सञ्जालमा जोडियो

तेजीन्द्र पुन/विकल्प न्यूज जेठ १४ गते । मराङ म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका ७ को अर्कला देखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेशीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्धारा सञ्चालित अर्कला–बेशी सडक आयोजना अन्तरगत बेशीसम्म सडकको ट्याक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले […]

ज्यानकै बाजी थापेर बनाए गुर्जालीले तातोपानी कुण्ड (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज गुर्जा,जेठ १० गते । अग्ला पहाडको यात्रा अनि अनकन्टार भिर । साघुरो बाटो । ज्यानकै बाजि थापेर मात्र पुग्न सकिने गुर्जा खोलाको किनार जहाँ छ तातोपानीको कुण्ड । गुर्जाली शाहस र हिम्मतले मात्र सम्भव भयो तातोपानीको संरक्षण । गुर्जाबाट करिव पाँच घण्टाको पैदल यात्रा पछि मात्र यहाँ पुग्न सकिन्छ । म्याग्दीको गुर्जा […]