विकल्प न्यूज/बेनी
भदौ १९ गते । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् । वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो ।
विसं २०५२ अघिसम्म यहाँका हिमाल आरोहण गर्न पर्यटक आउने गरेका थिए । हिमाल आरोहण खुला गराउन गाउँपालिकामार्फत प्रदेश र सङ्घीय सरकारसम्म पहल गरिने वडाध्यक्ष छन्त्यालले बताउनुभयो । यहाँ गुर्जा पश्चिम सात हजार १९७ मिटर, चुरेन सात हजार ३७५ तथा पुथा सात हजार २७१ मिटर अग्लो हिमाल रहेको छ । साभारःगोरखापत्र अनलाइन