विकल्प न्यूज/बेनी
भर्दाै २९ गते ।म्याग्दी मिडिया सोसाईटीद्धारा स्थापना गरिएको मिडियाकर्मी हितकोषलाई धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले पाँचहजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको छ ।
सोसाइटीको बेनीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष छन्त्यालले उक्त सहयोग गर्नुभएको हो ।
दुर्घटना,गम्भीर विरामी र आपतविपतमा परेका पत्रकार एवम् सञ्चारकर्मीहरुलाई अध्यक्षकोषको व्याजबाट सहयोग गर्ने उद्देश्यले सोसाइटीले रु एकलाख रुपियाँको मिडियामैत्री हितकोष स्थापना गरेको छ ।
हितकोषलाई आगमी एकवर्ष भित्र पाँचलाख पु¥याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष कमल खत्रीले बताउनुभयो ।
अध्यक्ष खत्रीले कोष वृद्धिका लागि सहयोग गर्न समेत सवैमा अनुरोध गर्नुभएको छ ।