गूर्जाबासीले गरे बराहको पुजा

विकल्प न्यूज /विकल्प न्यूज
असोज २ गते ।IMG_1902 IMG_1907जिल्लाको धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले बराहको पूजा गरेका छन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन गरेको मनोकामना पूरा भएपछि हरेक बर्ष बली र धजाले पूजा गर्ने गरिन्छ ।
जिल्लाकै अति विकटमा एउटै बस्तीमा अवस्थित वडामा बसोबास गर्ने छन्त्याल र दलितले सामूहिक रुपमा साँडेको बली दिएर सन्तान प्राप्ती, बिदेश यात्रा, दुखकष्टको अन्त्य, नोकरीमा राम्रो लगाएत ब्यक्तिगत तथा गाउँलेको प्रगतिलाई आधार बनाएर दिनभरी पूजाआजा गर्ने गर्दछन् । स्वदेश तथा विदेशमा दुख पाएमा मन्दिरमा पुगेर सकुशल फर्किउन् भन्दै गाउँलेले पूजा गर्ने गरेको पूजा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर छन्त्यालले बताउनुभयो ।

बराह देवताको सेवा नगरे क्षती हुन्छ । बराह नजिकबाट देवता साँडे जंगलमा प्रवेश गरेको देखेपछि पूजाआजा गरिन्छ । असार, साउन महिनामा अत्याधिक बर्षा हुदाँ समेत मुल नफुट्ने बराह ताल नजिकबाट देवता साँडे जंगलतर्फ गएपछि भदौं महिनामा तालमा पानी जम्मा हुने भएकाले पनि स्थानीयले ३ सय बर्ष देखी नियमित पूजा गर्ने गरेका छन् । स्थानीयले देवता साँडेलाई अझैपनि जंगलतर्फ गएको देख्ने तथा तालमा पानी जम्मा भएपछि दिन हेरेर पूजा गर्ने गर्दछन् । मंगलबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढा,काठमाण्डौमा बसोबास गर्ने दिप छन्त्याल सहितको टोली हेलिकप्टर मार्फत मन्दिरमा पुग्दा स्थानीयले भब्य स्वागत गरेका थिए ।

बर्षभरीको दुखकष्टलाई बराह मन्दिरमा देवतालाई बुझाउन पुगेका स्थानीयले भालक पूरा भएपछि स्वदेश तथा विदेशमा रहेका गुर्जाबासीले चन्दा सहयोग गर्ने गरेका छन् ।मन्दिरमा म्याग्दी समाज अमेरिकाका अध्यक्ष अम्मर छन्त्यालले आफ्नो मनोकामना पूरा गर्न घण्टी चढाएका थिए । बली दिएपछि साँढेबाट निकालिएको एक अंगलाई पात्रोको रुपमा हेरिन्छ । IMG_1849 IMG_1852 मन्दिरमा दुईजना पुजारीमा जनकल्याण मावि गुर्जामा कक्षा ७ मा अध्ययरत हेविन छन्त्यालले समेत दिनभरी पूजारीको भूमिका निर्वाह गरेका थिए । छन्त्याल र दलितले एकसाथ पूजाआजा गर्ने मन्दिरमा महिला प्रवेश गदैनन् । प्राचिनकालमा बलीलाई महिलाले हिंसाको रुपमा लिने गरेकाले पनि मन्दिरबाट टाढा बसेर दर्शन गर्ने गरेको समाजसेवी दिप छन्त्यालले बताउनुभयो ।

मन्दिर आसपासमा तारबार, मर्मतसम्भार तथा आवश्यक पूर्वाधार जुटाउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । धार्मिक, पर्यटन, जडिबुटीको सम्भावना भएपनि सम्बन्धित निकायबाट प्रयाप्त सहयोग नभएको बताए । मन्दिरको दर्शन गर्न पूगेका प्रजिअ अधिकारीलाई स्थानीयले गाउँको समस्या सुनाएका थिए । मन्दिरमा करिव १ सय साँडेको बली दिइएको छ ।स्थानीयको मनोकामना पुराईदिने बराह मन्दिरमा छिमेकी रुकुमका विभिन्न बस्तीमा जाने स्थानीयले समेत पूजाआजा गर्ने गरेका छन् । हरिकृष्ण गौतम