अन्नपुर्ण गाउँपालिका
अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्युज /बेनी पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले […]
गाउँपालिकाले ग¥यो नारच्याङमा पुगेर योजना सम्झौता
साधन राम्जाली/विकल्प न्युज बेनी पुस २३ गते ।वडामा हुने विकास निर्माणका काम अन्तर्गत प्रशासनीक प्रक्रियालाई छिटो, सरल र सहज बनाउन अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौताको काम थालेको छ । वडामा पुगेर योजना सम्झौता गर्न पहिलो चरणमा वडा नं ४ नारच्याङबाट सुरु गरेको गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । अभियानको पहिलो दिन नारच्याङमा […]
म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर
साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]
नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट
विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]
पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र
विकल्प न्यूज/बेनी पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे […]
घारका किसानहरुले बनाए “मिनी कोल्डस्टोर” (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १६ गते । उत्तिरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर(शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो । समुहमा आवद्ध ३३ जना […]
अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान […]
अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण
विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ प्रतिघण्टा र ब्रेकर प्रयोग […]
अन्नपूर्ण गाउँपालिकाको गुरुयोजना निर्माण सुरु
विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गुरुयोजना निर्माण सुरु गरेको छ । गाउँपालिकाको अवस्था, समस्या, सम्भावना र आगामी दिनमा गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न गुरुयोजना बनाउन लागिएको हो । गुरुयोजना निर्माणका विषयमा छलफल गर्न गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहीबारदेखि सरोकारवालाहरुको अन्तरक्रिया सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने छलफलमा जनप्रतिनिधि, अगुवा, राजनितिककर्मी […]
अन्नपूर्णका दाँत रोगीहरुलाई गाउँमै प्रवासीको शिविर
विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपालिकावासीहरुलाई प्रवासीहरुले गाउँमै दन्त शिविर सञ्चालन गरेका छन् । गैरआवसीय नेपाली संघ न्युजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आर्थिक सहयोग र गाउँपालिकाको समन्व्यमा दानामा निशुल्क दन्त तथा जाँच शिविरको आयोजना गरिएको हो । शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै […]
मुक्तिमार्ग माविले मनायो ६० औ वार्षिक उत्सव (फोटो सहित )
विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपलिका ६ घारमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर ६० औं वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष क्या. डम बहादुर गर्बुजा पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले जोड दिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि […]
सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान
विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपलिका ६ घरमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ को एसइई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सुन्दर खड्काले एसइई परिक्षामा सवै भन्दा बढी अंक प्राप्त गरी गाउँपालिकामा नै सर्वोत्कृष्ट भएको भन्दै नगद तिनहजार रुपियाँ सहित सम्मान गरिएको हो । बुधवार विद्यालयको ६० […]
अन्धगल्छी अब ‘हाइड्रो हब’
विकल्प न्यूज/बेनी पुस १० गते । संसारकै गहिरो गल्छी अब ‘हाइड्रो हब’ बन्न थालेको छ । अन्धगल्छीबाट बग्ने कालीगण्डकी ऊर्जा नदी र अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका क्षेत्र हाइड्रो हब बनेको हो । अन्नपूर्ण हिमश्रृंखलाबीच कालीगण्डकीले बनाएको ६ हजार ९ सय ६७ मिटर गहिरो खोंच नै अन्धगल्छी हो । यो क्षेत्र बेनीबाट मुस्ताङको यात्रामा जाँदा देखिन्छ । अन्नपूर्ण–२ तातोपानी, वडा […]
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु
विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राबिधिक टोली ल्याएको हो […]
खोप्रामा चारवटा सामुदायिक लज बनाइने
विकल्प न्यूज/बेनी मंसिर २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् । गत सोमबार […]