पन्ध्रसय मिटरको दौडमा प्रभा मावि विजेता

विकल्प न्यूज/बेनी
पुस २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरु भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटर छात्रा तर्फको दौडमा प्रभा मावि नारच्याङ पहिलो भएको छ ।  किस्मा तिलिजाले पहिलो स्थान,शिख माविकी रेखा पुर्जा दोस्रो र प्रभा माविकै सुस्मीता तिलिजाले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष केशमाया मगर,प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगर र खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।