उपाधी जितेपछी नारच्याङवासीले मनाए खुसियाली (फोटो)

विकल्प न्यूज/बेनी
पुस २७ गते ।  अन्नपूर्ण गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा मावि नारच्याङले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । 

बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कवड्डीमा प्रभा माविकी गिता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन वटा गोल्ड मेडल जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका बर्षा फगामी उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् ।  छात्रभलिबलमा मुक्तिमार्ग मावि घार प्रथम र ज्ञानप्रकाश मावि दितृय भएका छन् भने छात्रा भलिबलमा प्रभा मावि प्रथम र सर्वोदय मावि दितृय भएका छन् । कवड्डीको छात्रतर्फ प्रभा मावि प्रथम र सर्वोदय मावि दितृय तथा छात्रातर्फ प्रभा मावि प्रथम र कैलाश मावि दितृय भएका छन् । 

तस्विरहरु शुरेन गुरुङ