ताजा समाचार:
Search

गाउँपालिकाले ग¥यो नारच्याङमा पुगेर योजना सम्झौता

साधन राम्जाली/विकल्प न्युज

बेनी पुस २३ गते ।वडामा हुने विकास निर्माणका काम अन्तर्गत प्रशासनीक प्रक्रियालाई छिटो, सरल र सहज बनाउन अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौताको काम थालेको छ ।
वडामा पुगेर योजना सम्झौता गर्न पहिलो चरणमा वडा नं ४ नारच्याङबाट सुरु गरेको गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अभियानको पहिलो दिन नारच्याङमा १० योजना सम्झौता भएको नासु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता संगै सम्झौता भएका दशवटा योजनाहरु भौतिक पुर्वाधार निर्माण सँग सम्बन्धित छन् ।
भौतिक पुर्वाधार निर्माण अन्तर्गत पर्यटन पदमार्ग ,कृषि,सिँचाई, विभिन्न संघ संस्थाका भवन निर्माण सडक स्तरउन्नती रहेका छन् ।वडा भित्रमा सञ्चालन हुने विकास निर्माणको योजना सम्झौता गर्दा लाग्ने समय, खर्च र झञ्झट हुने प्रक्रियाको अन्त्य गरि वडामा नै छिटा,े सरल र सहज बनाउन गाउँपालिकाले वडामा योजना सम्झौताको अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन मगरले बताउनुभयो ।

वडामा योजना सम्झौता हुँदा उपभोक्तालाई सहज सरल र छिटो हुने विश्वास लिएको वडाअध्यक्ष चन्द्रप्रसाद फगामी मगरले बताउनुभयो । समयमै योजना सम्पन्न गर्नका लागि वडा तहमा पुगेर सम्झौता गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । असारे विकासलाई शुन्यमा झार्ने लक्ष्य अनुसार प्रत्येक वडातहमा पुगेर योजना सम्झौता गर्ने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।