ताजा समाचार:
Search

प्रभा माविका शिक्षकद्धारा जन्मदिनका अवसरमा विद्यार्थीलाई सहयोग

विकल्प न्यूज/बेनी
पुस २५ गते । 

म्याग्दीको अन्नपूर्णगाउँपालिका ४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो जन्मदिनका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ ।

भरतपुर महानगरपालिका १३ चितवन स्थायी घर भई हाल प्रभा माविमा गणित विषयका शिक्षक लोकनाथ बरालले जन्मदिनका अवसरमा विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई लत्ताकपडा र कापीकलम वितरण गर्नुभएको हो ।

एकमहिनाको पारिश्रमीक बरावरको रकमबाट सामाग्री खरिद गरि सहयोग गरेको उहाँले बताउनुभयो । जन्म दिन मनाउँदा लाग्ने खर्च विद्यार्थीहरु भाइबहिनीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको शिक्षक बरालले बताउनुभयो । यस अघिका वर्षहरुमा पनि जन्म दिनका अवसरमा यस्तै सहयोग गर्ने गरेको छु उहाँले भन्नुभयो ।

यस अघि पनि शिक्षक बरालले शिक्षक शिक्षीकाहरुलाई झोला र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आउनुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष चन्द्रप्रसाद फगामी,शिक्षक,शिक्षीका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । जन्म दिन मनाउने नाममा अनाबश्यक फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा सहयोग गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।