म्याग्दी समाचार
मालढुङ्गा–बेनी सडक अन्तर्गत केराबारीको पहिरो (फोटोफिचर)
विकल्प न्यूज/बेनी असोज २६ गते । मालढुङ्गा –बेनी सडक अन्तर्गत पर्वतको जलजला ७ स्थित केराबारीको ओढारे भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार राती देखी खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । एकवर्ष देखि यता सडक स्तरोन्नती थालिएको छ । सडक स्तरोन्नतीका क्रममा सडकको ठेक्का लिएको निर्माण कम्पनीले सडक चौढा बनाउने बहाना ढुंगा […]
मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)
ठाकुरप्रसाद आचार्य/बेनी असोज २५ गते । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् । मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ४० लाख ११ […]
आयोजना स्थल पोखरामा आइपुग्यो राष्ट्रिय खेलकुदको ट्रफी
२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको […]
सडकअवरुद्ध हुँदा म्याग्दीको जनजिवन प्रभावित
ठाकुरप्रसाद आचार्य/बेनी असोज २४ गते । एकसाता देखि निरन्तर परेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा म्याग्दीका प्रयाजसो सडकहरु अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । सर्वसाधरणहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । बेनी –जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुबीच बाटोमै अलपत्र परेका छन् । […]
काँग्रेस नेता महतले दिए गठबन्धन विरुद्ध प्रदेश निर्वाचन क्षेत्र क मा स्वतन्त्र उम्मेदवारी
विकल्प न्यूज/बेनी असोज २३ गते । सत्ता गठबन्धनका विरुद्ध नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सिट बाडफाँटमा प्रदेश निर्वाचन क्षेत्र क माओवादीका भागमा परेपछि असन्तुष्ट हुँदै महतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्ता गठबन्धनका तर्फबाट माओवादीका हरिबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसमा […]
राप्रपाका जगत गौचनले गरे प्रतिनिधिसभा तर्फ उम्मेदवारी दर्ता
विकल्प न्यूज/बेनी असोज २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जगत प्रसाद गौचनले प्रतिनिधिसभा तर्फ उम्मदवारी दर्ता गराउनुभएको छ । यसैगरी राप्रपाका तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा प्रविन शाही र ख मा मिठुकुमारी थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टी कार्यालयबाट व्यानर सहित निस्केको ¥याली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन […]
सत्ता गठबन्धनद्धारा म्याग्दीमा संयुक्त उम्मेदवारी दर्ता (फोटोसहित)
विकल्प न्यूज/बेनी असोज २३ गते । सत्ता गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त रुपमा उम्मेदवार दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा निर्वाचन क मा माओवादीका हरिबहादुर भण्डारी र ख मा माओवादीकै जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले मनोनयन दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसको […]
म्याग्दीमा नेकपा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २३ गते । म्याग्दीमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि हरिकृष्ण श्रेष्ठ,प्रदेशसभा निर्वाचन क्षेत्र क मा देवेन्द्रबहादुर केसी र ख मा यामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको […]
उम्मेदवार बन्न असफल भए पार्टीलाई सफल बनाउँछु ः सुवेदी
विकल्प न्यूज/बेनी असोज २३ गते । नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले आगमी मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुन असफल भएपनि निर्वाचनमा पार्टीलाई जिताउन क्रियाशिल हुने बताउनुभएको छ । सुवेदीलाई प्रदेशसभा निर्वाचन क्षेत्र क का लागि आफ्नो दावी प्रस्तु गर्नुभएको थियो । सुवेदी सँगै जिल्ला कमिटिले पार्टी अध्यक्ष देवेन्द्र बहादुर केसी […]
म्याग्दीमा दुई बामशक्ति प्रतिस्पर्धाको मैदानमा, एमालेले जोगाउला आफ्नो किल्ला ?
विकल्प न्यूज/बेनी असोज २२ गते । २०७४ को निर्वाचनमा एमाले र माओवादीका विच चुनावी गठबन्धन भएपछि नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरमा झण्डा साटासाट गर्दै माओवादीका तत्कालिन जिल्ला अध्यक्ष गोविन्द पौडेल र एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ । तस्विर विकल्प न्यूज पाँचदिनको भारी वर्षाले मौसम चिसो छ । वर्षा अझै रोकिएको छैन । तर चिसो मौसमलाई […]
सत्ता गठबन्धनमा सिट बाँडफाँट: म्याग्दीकाे संघमा माओवादी, प्रदेशमा कांग्रेस
विकल्प न्युज/बेनी असाेज २१ गते । काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । […]
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे
विकल्प न्युज/बेनी असाेज १९ गते। बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ […]
नवौँ राष्ट्रिय खेलकुद –बेनीमा खेलमैदान तयार
म्याग्दी, असोज १८ गते । म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ । […]
भगवती कोत मन्दिरमा राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !
विकल्प न्युज र बेनी बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले सबैले […]
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)
ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]