सत्ता गठबन्धनमा सिट बाँडफाँट: म्याग्दीकाे संघमा माओवादी, प्रदेशमा कांग्रेस

विकल्प न्युज/बेनी

असाेज २१ गते । काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । यसअघि संघ नेपालीकाे भागमा परेकाे जनाईएकाे थियाे ।