ताजा समाचार:
Search

म्याग्दी समाचार

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी (बेनी),  माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले […]

म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०\८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या […]

बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी माघ ९ गते । बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल […]

बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते ।  बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]

एकीकृत समाजवादी जलजलाका नेता एमालेमा फर्किए

विकल्प न्यूज/बेनी माघ ९ गते । एकिकृत समाजवादी जलजला कमिटीका अध्यक्ष लालवीर पुन एमालेमा फर्किनुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा एक कार्यक्रमका बीच एकिकृत समाजवादी जलजलाका नेता समेत रहनुभएका पुन  एमालेमा फर्किएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । नेता पुनलाई  नेकपा एमालेका गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारीले पार्टीमा स्वागत गर्नुभयो । […]

सुन्दर छ चिमखोलाको सोवाङ धुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान […]

‘लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ’

पर्वत, माघ ८ गते ।   नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बलियो काँग्रेस भएमा मात्र लोकतन्त्र बलियो हुने उहाँले चर्चा गर्नुभयो । ’काँग्रेस आँफैमा एकताबद्ध भएमा मात्र अन्य […]

जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुँदै

विकल्प न्यूज/बेनी माघ ८ गते ।  पर्वतको जलजला गाउँपालिका ५ लेखफाँटको लोप्रेमा ११ औं लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको छ । लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष जलजलामा आयोजना गर्न लागिएको हो। १० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको […]

गलेश्वर स्थित देवशिलाको उद्गमस्थलमा पूजापाठ र दीप प्रज्वलन (फोटोसहित)

ठाकुरप्रसाद आचार्य /बेनी माघ ८ गते । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधाम स्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ । गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मुर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामाकरण गरिएको […]

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुषाल

सिंगा, २७ पुष ः कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल ४१ लाख हेक्टर जमिन मध्य ११ […]

भत्किने अवस्थामा पुग्यो कर्मचारी मिलन केन्द्रको भवन

विकल्प न्यूज\बेनी पुस २६ गते । कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोग विहिन भएको छ । संघीयता कार्यान्वयन सँगै बेनी बजारको विरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोग विहिन भएको हो । एउटा सभाहल सहितको एकतल्ले भवन मर्मत सम्भार नहुँदा भत्किने अवस्थामा पुगेको छ । कुनै समय दैनिक रुपमा सानातिना कार्यक्रमहरु यहि भवनमा हुन्थे । विहान […]

‘‘ विदेश जाने मन छैन,माटोमै पसिना बगाउछु’’ (भिडियो\फोटो सहित)

ठाकुरप्रसाद आचार्य \जलजला म्याग्दी,पुस २६ गते । ‘‘छरछिमेकका साथीभाई धेरै पैसा कमाउने लोभमा विदेश तिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका ३८ वर्षीय युवा […]

बेनीका प्रतिष्ठीत व्यक्तिले नै बिजुली चोरी गर्दछन्

विकल्प न्यूज \बेनी पुस २६ गते । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने दुईसय १२ ग्राहकको लाइन काटेको छ । बर्षौ सम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्क सहित २४ लाख ८० हजार दुइसय १६ रुपियाँ वाँकी बक्यौता असुल गरिएको कार्यालयले जनाएको छ । लाइन काटिनेहरुमा २४ महिना […]

धवलागिरीमा थप ४ करोड बजेट बिनियोजन

पुस २६ गते । म्याग्दीको दुर्गममा रहेको धवलागिरी गाउँपालिकाले हिउदे गाउँसभा मार्फत चालु आर्थिक वर्षका लागि ४ करोड रुपियाँ थप बजेट बिनियोजन गरेको छ । बिहिबार गाउँपालिका केन्द्रमा मुनामा भएको २१ औं गाउँसभाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै थप उक्त बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन […]

धवलागिरीमा पत्रकार,खेलाडी , कलाकार र कर्मचारी पुुरस्कृत

सन्तोष गौतम । बेनी पुस २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला समाचारदाता सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र […]