ताजा समाचार:
Search

म्याग्दी समाचार

यसरी भएको थियो म्याग्दीको नामाकरण

कर्णबहादुर बानियाँ / विकल्प न्यूज भदौ २६ गते । विषय प्रवेश म्याग्दी जिल्ला चार नम्बर प्रदेशमा पर्ने एक पहाडी भू–भाग हो । यो जिल्लाको पूर्वमा मनाङ, कास्की र पर्वत, पश्चिममा बाग्लुङ र रुकुम, उत्तरमा डोल्पा र मुस्ताङ तथा दक्षिणमा बाग्लुङ जिल्ला पर्दछन् । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य […]

पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५० हजार […]

निजामती सेवा दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी भदौ २२ गते । निजामती कर्मचारीको प्रतिवद्धता ःपरादर्शिता र चुस्तता भन्ने मुल नाराका साथ १३ औं निजामती सेवा दिवस २०७४ का अवसरमा बेनी अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।निजामती सेवा दिवस मूल समारोह समिति र आधिकारीक ट्रेड युनियन म्याग्दीको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडक्रस र जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग गरेका […]

बेनीको बजार प्रकृतिको नजर

डा. लाल रापचा /विकल्प न्यूज भदौं २१ गते । म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् । चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार […]

आफन्तको पुण्य तिथीका दिन शेरचन परिवारद्धारा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज /बेनी भदौ २० गते । यहाँको एक शेरचन परिवारले आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्यूरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौं पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । जटिल रोगबाट थलिएर आर्थिक […]

कोरियाको मोह त्यागेर डेढकरोड लगानीमा रिसोर्ट

विकल्प न्यूज/बेनी भदौं २० गते । रोजगारीका लागि चार वर्ष कोरियामा विताएका यहाँका एक युवाले डेढकरोडको लगानीमा रिसोर्ट सञ्चालन गर्ने तयारी गर्नुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा जिल्लामै पहिलो स्विमिङ पुल सहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरिएको छ । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने […]

थकाली संस्कृति संरक्षण गर्न ३० लाखको अक्षयकोष

विकल्प न्यूज/मुस्ताङ भदौ २० गते । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ । थकाली सेवा समितिले तिस लाख रुपियाँको संस्कृती संरक्षण सम्र्बद्धन अक्षयकोष स्थापना गरेको हो । २०७३ पुष १५ देखि ३० गतेसम्म मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङमा सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट […]

म्याग्दीमा भूकम्प पीडितको आवास निर्माण प्रभावित

विकल्प न्यूज/बेनी भदौं २० गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३/७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो […]

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ भदौ । बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई […]

तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार

सन्तोष गौतम /नवविकल्प घराप(म्याग्दी) अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ […]

बिद्युत आपूर्ती बन्द हुँदा उत्तरी म्याग्दी अन्धकार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द भएको छ । प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसकेको हो । विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना, नारच्याङका बासिन्दा अन्धकारमा […]

मितेरी युवा क्लबद्धारा आगलागी र पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी भदौं १९ गते । म्याग्दीको मालीका गाउँपालिका ६ दुखु बेशीमा रहेको मितेरी युवा क्लबले आगोलगी र पहिरो पीडितलाई राहत सामाग्री सहयोग गरेको छ । मालीका ६ दुखुका आगलागी पीडित झकप्रसाद पुनलाई ६० हजार र १ निस्कोट घोर्सीका पहिरो पीडित गणेश पुनलाई दश हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको क्लबले जनाएको छ । आगलागी […]

बेनीमा दशनामी समाज गठन

विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो । समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय उपाध्यक्ष टंकु गिरी, […]

बरङ्जाका युवाहरुद्धारा साघु निर्माण

विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो क्लबको शनिबार रणबहादुर बुढाथोकीको […]

बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट रारा अटोमोवाईल्स सम्मानित

विकल्प न्यूज/बेनी भदौ १८ गते । बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट म्याग्दीका दुई युवा उद्यमी सम्मानीत भएका छन् । आर्थिक बर्ष २०७३÷०७४ मा उत्कृष्ट कारोबारकर्ताको रुपमा बतास ब्रोदर्सले कालिपुलको प्रवेशद्धार अगाडी रारा अटोमोवाईल्सका सञ्चालकद्धय हरि भण्डारी र रिम कटुवालललाई पोखरामा एक कार्यक्रमका बिच सम्मान गरेको हो । म्याग्दीको रघुंगंगा गाउँपालिका–२ निवासी युवा उद्यमीद्धयले रारा अटोमोवाईस […]