आफन्तको पुण्य तिथीका दिन शेरचन परिवारद्धारा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज /बेनी
भदौ २० गते ।
यहाँको एक शेरचन परिवारले आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् ।

बेनी नगरपालिका ७ न्यूरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौं पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा शेरचन परिवारका तर्फबाट सो रकम हस्तान्तरण गरिएको हो ।

कोषमा हालसम्म पाँच सय भन्दा वढीले आजिवन सदस्यता लिएका छन भने १८ जनाले दुई लाख सहयोग गरेर संरक्षक भएका छन् । करिब ४० जना मुटु, मृगौला, रक्तक्यान्सर, आँखा लगायत रोगबाट थलिएका विपन्नलाई सहयोग जुटाएको कोषलाई तिन लाख भन्दा बढी सहयोग गरेर मोना कतार र बहराईन संस्थागत सदस्य बनेका छन् ।

विभिन्न प्रकृतीका बिरामीहरुलाई पचहत्तर लाख भन्दा बढी सहयोग जुटाएको कोषको डेढ करोडको अक्षयकोष स्थापनाका लागि हालसम्म पचास लाख रुपैयाँ भन्दा बढी सहयोग घोषणा भएको छ ।