तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १९ भदौ ।
बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।IMG_7511 कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई राष्ट्रय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल तातोपानी कुण्डको संरक्षण, व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । tatopani kundaबेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नदी कटान नियन्त्रण गरी व्यवस्थीत रुपमा कुण्ड सञ्चालनका लागि समुदायसंग नगरपालीकाले सहकार्य गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तातोपानी कुण्डलाई प्राकृतीक उपचारमा उपचार मात्र नभएर प्राकृतिक स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, बेनपा ४ का वडा अध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव कमल खत्री, सरस्वती माविका प्रअ सुरथ बानीयाँ, स्थानीयबासी तुलप्रसाद श्रेष्ठ र गणेशबहादुर बानियाँले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।IMG_7498सचिव मिनबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष बिष्णुदत्त शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शर्माका अनुसार गत आर्थिक वर्ष २०७३७४ मा कुण्डमा अघिल्लो वर्षको २३ लाख दुई हजार ५९४ सहित ८८ लाख ९३ हजार २६६ रुपैया आम्दानी र ६३ लाख ९३ हजार ६८ रुपैया खर्च भएको छ ।

सरस्वती माविलाई १७ लाख, सोही विद्यालयको भवन निर्माणका लागि छ लाख, तल्लो तातोपानी बजारमा ढल निर्माणका लागि आठ लाख रुपैयाँ सहयोग गरीएको छ । १६ हजार जना बिरामीले स्नान गरेको कुण्डमा एक वर्षमा प्रवेश शूल्कबाट ३२ लाख, चन्दा मार्फत १८ लाख २९७, मन्दिरको भेटीबाट २ लाख २० हजार ५६६, आजिवन सदस्यताबाट तिन लाख ३१ ह्जार २६६ र पर्यटन कार्यालय पोखराबाट ९ लाख ४१ हजार ५८३ रुपैयाँ आम्दानी भएको थियो ।
जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीमा स्नान गरेमा बाथ, चोट पटक लागेको, सुन्निने, ग्यास्ट्रिक, सर्के मर्केको सम्बन्धि स्वास्थ्य समस्या निको हुने गरेको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षता, सहसचिव कृष्ण खड्काको सञ्चालन र सदस्य रामप्रसाद अधिकारीको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले समितिको नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।