बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट रारा अटोमोवाईल्स सम्मानित

विकल्प न्यूज/बेनी
भदौ १८ गते ।

बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट म्याग्दीका दुई युवा उद्यमी सम्मानीत भएका छन् । आर्थिक बर्ष २०७३÷०७४ मा उत्कृष्ट कारोबारकर्ताको रुपमा बतास ब्रोदर्सले कालिपुलको प्रवेशद्धार अगाडी रारा अटोमोवाईल्सका सञ्चालकद्धय हरि भण्डारी र रिम कटुवालललाई पोखरामा एक कार्यक्रमका बिच सम्मान गरेको हो । 21271173_1936698279904983_1534095895703916663_nम्याग्दीको रघुंगंगा गाउँपालिका–२ निवासी युवा उद्यमीद्धयले रारा अटोमोवाईस मार्फत महिन्द्रा कम्पनीका गाडी, मोटर पार्टस तथा मर्मत सेवा प्रदान गर्दै आएका छन् । सञ्चालकद्धय भण्डारी र कटुवाललाई पोखरामा बतास ब्रोदर्सले आयोजना गरेको कार्यक्रममा गण्डकी र धौलागिरीमा उत्कृष्ट डिलरको रुपमा घोषणा गर्दै अवार्ड र सम्मानपत्रद्धारा सम्मान गरेको थियो ।

बतास ब्रोदर्सले गत आर्थिक बर्षमा रारा अटोमोवाईल्सले महिन्द्रा कम्पनीका सवारी साधन र पार्टस विक्रिमा सर्वोकृष्ट भएकाले अवार्ड प्रदान गरेको जनाएको छ । विगत ३ बर्षदेखि सञ्चालनमा रहेको रारा अटोमोवाईल्सले महेन्द्र र टिभिएस कम्पनीका जिप, ट्याक्टर, बोलेरो, स्कारपियो, मोटरसाईकल लगायतका सवारी साधन विक्रिसंगै अटोमोवाईल्सका सामान विक्रि र सवारी साधन मर्मतको काम गर्दै आएको छ । वैदेशिक रोजगारिलाई त्याग्दै