निजामती सेवा दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी
भदौ २२ गते ।

निजामती कर्मचारीको प्रतिवद्धता ःपरादर्शिता र चुस्तता भन्ने मुल नाराका साथ १३ औं निजामती सेवा दिवस २०७४ का अवसरमा बेनी अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ ।21366838_483764885316692_4773086281460827566_oनिजामती सेवा दिवस मूल समारोह समिति र आधिकारीक ट्रेड युनियन म्याग्दीको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडक्रस र जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको प्राविधिक सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

मुल समारोह समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधिश रामप्रसाद शर्माले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दिवसकै अवसरमा विहिवार विहान बेनीबजारमा कर्मचारीहरुले प्रभातफेरी गरेका थिए ।