थकाली संस्कृति संरक्षण गर्न ३० लाखको अक्षयकोष

विकल्प न्यूज/मुस्ताङ
भदौ २० गते ।
नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।

थकाली सेवा समितिले तिस लाख रुपियाँको संस्कृती संरक्षण सम्र्बद्धन अक्षयकोष स्थापना गरेको हो । २०७३ पुष १५ देखि ३० गतेसम्म मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङमा सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपियाँको अक्षयकोष स्थापना गरेको समितिका महासचिव नरेशकुमार तुलाचनले जानकारी दिनुभयो । IMG_2377“ल्हेफेव पर्व सञ्चालनका लागि प्राप्त भएको सहयोगलाई मितब्ययी तरीकाले खर्च गरी बेचेको रकमबाट अक्षयकोष स्थापना गरेका हौ” महासचिव तुलाचनले भन्नुभयो “कोषको ब्याज थकाली समुदायको लोपोन्मुख भाषा, कला, संस्कृती, परम्पराको जगेर्नामा परिचालन गर्दछौं ।”

समितिले थकाली संग्रहालय स्थापना, भाषा संरक्षण कक्षा सञ्चालन, परम्परागत चाडपर्वको संरक्षण, थकाली खानाका परिकारको प्रर्वद्धन गर्ने कार्ययोजना बनाएको छ । यसैगरी प्रत्येक वर्षको भदौ महिनामा मनाइने कुमार जात्रा (फालो पर्व)लाई निरन्तरता दिनका लागि यसअघि स्थापित १७ लाख पाँच हजार रुपियाँको अक्षयकोषलाई वृद्धि गरी २५ लाख पु¥याइएको छ ।

थकाली सेवा समिति युकेका कल्पना गौचनको संक्रियतामा संकलित ६ लाख ५५ हजार र समितिको एक लाख ४० हजार कोषमा थप गरिएको अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो । समितिले भदौ १२ देखि १५ गतेसम्म कोवाङमा सञ्चालीत यस वर्षको फालो पर्व सञ्चालनका लागि कोषबाट एक लाख ३१ हजार थाक सात सय मुखीयालाई उपलब्ध गराएको थियो ।