मितेरी युवा क्लबद्धारा आगलागी र पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी
भदौं १९ गते ।

म्याग्दीको मालीका गाउँपालिका ६ दुखु बेशीमा रहेको मितेरी युवा क्लबले आगोलगी र पहिरो पीडितलाई राहत सामाग्री सहयोग गरेको छ ।

मालीका ६ दुखुका आगलागी पीडित झकप्रसाद पुनलाई ६० हजार र १ निस्कोट घोर्सीका पहिरो पीडित गणेश पुनलाई दश हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको क्लबले जनाएको छ । Help 2आगलागी पीडित पुनलाई १८ थान जस्तापाता, ६ बोरा चामल, एक प्याक तेल र लत्ताकपडा सहयोग गरिएको कल्वका हिमाल गुरुङले जानकारी दिनुभयो । यसैगरी निस्कोट घोर्सीका पहिरो पीडित पुनलाई पाँच बोरा चामल, नुन तेल लगायत खाद्यान्न सहयोग गरीएको छ । निस्कोटका वडा अध्यक्ष टंक पुन, कल्वका अध्यक्ष राजेन्द्र जुक्जाली लगायतले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।