ताजा समाचार:
Search

बरङ्जाका युवाहरुद्धारा साघु निर्माण

विकल्प न्यूज/बेनी
भदौ १८ गते ।

मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । Gatisil Youth Club 3साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो क्लबको शनिबार रणबहादुर बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन भएको छ ।

क्लबको उपाध्यक्षमा खिमनाथ आचार्य, सचिवमा सुवास श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र बुढाथोकी, सहसचिवमा केशव बुढाथोकी रहनुभएको छ । यस्तै सदस्यहरुमा होमनाथ सापकोटा, अनिता रोका, लिला विश्वकर्मा, सोमबहादुर रोका, बिरेन्द्र रोका र भिम रोका तथा बरिष्ठ सल्लाहकार एवं खेलकुद अध्यक्षमा डेगबहादुर थापा चयन हुनुभएको छ ।