ताजा समाचार:
Search

म्याग्दी समाचार

म्याग्दीका ९६ प्रतिशत नागरिक साक्षर

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० कात्तिक । म्याग्दीका ९६ प्रतिशत जनसंख्या साक्षर बनेका छन् । जिल्ला शिक्षा कार्यालय र अनौपचारीक शिक्षा केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको साक्षर जिल्ला घोषण लक्षित अन्तरक्रिया कार्यक्रममा जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरीक साक्षर बनेको जानकारी गराइएको हो । लक्षित समुदायका ९५ प्रतिशत नागरीकले […]

लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा

राकेश शर्मा /बेनी म्याग्दी, १० कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले जिल्लामा चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई सभापति कर्ण […]

मुस्ताङमा मतदाता रोक्नै मुस्किल

विनोद त्रिपाठी, मुस्ताङ कार्तिक १०, २०७४जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन् । अन्य जिल्ला र भारतसम्मै पुग्छन् । घरहरूमा ताला मारिन्छ, एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरू अन्यत्र जान्छन् । चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासी बाहिर जान रोकिएका छन् । बरु अन्यत्र रहेका उम्मेदवारका […]

दाना र नारच्याङमा वाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन

विकल्प न्यूज/बेनी कार्तिक १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो । समितिमा […]

म्याग्दीका गाउँगाउँमा लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान

विकल्प न्यूज/बेनी कार्तिक ९ गते । नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीका गाउँगाउँमा चुनावी प्रचार अभियान सञ्चालन गरेको छ । आइतवार मनोनयन दर्ता सँगै उम्मेदवार सहित गाउँपसेका काँग्रेस र राप्रपाका जिल्ला नेताहरुले कोणसभा,घरदैलो र आन्तरिक छलफललाई तिव्रता दिएका छन् । अभियान अन्र्तगत विहिवार अन्नपूर्ण गाउँपालिका वडा– ६ घारको खिवाङमा वडास्तरीय आमसभा सम्पन्न भएको छ […]

गठबन्धनका उम्मेदवार जिताउन बामपन्थी विद्यार्थीहरु परिचालन

विकल्प न्यूज /बेनी म्याग्दी, ९ असोज । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन म्याग्दीका दुई बामपन्थी विद्यार्थी संगठन परिचालन हुने भएका छन् । निर्वाचनमा बामतालमेल गरेका एमाले र माओवादी केन्द्रका साझा उम्मेद्वारलाई बिजयी गराउनको लागि परिचालन हुने अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले निर्णय गरेका हुन् । म्याग्दीमा एमाले–माओवादीको […]

एमाले र माओवादी केन्द्रको नगरपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए । नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य […]

वाम गठबन्धनलाई जिताउन जुट्यो दलित मुक्ति मोर्चा

विकल्प न्यूज/बेनी कार्तिक ९ गते । नेकपा माओवादी¬ केन्द्र निकट नेपाल राष्ट्रिय मुक्ति मोर्चाको बुधबार बेनीमा बसेको बैठकले पदम किसानको अध्यक्षतामा २५ सदस्यीय जिल्ला स्तरीय मोर्चाको निर्वाचन परिचालक कमिटि गठन गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका समानुपातीक उमेद्वार तथा मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर बिक (सुवास)को प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले माओवादी केन्द्रका साझा बाम […]

लोकतान्त्रिक गठबन्धनको पाउद्धार र शिखमा चुनाबी आमसभा

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत पाउद्धारमा  वडास्तरीय आमसभा सम्पन्न भएको छ । पाउद्धार वडा सदस्य धन बहादुर पाईजाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले भने अव हुने प्रदेश र प्रतिनिधि सभा […]

म्याग्दीको विकास र सम्बृद्धिको नेतृत्व गर्ने वाम उम्मेद्वारको घोषणा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले नीति निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धिको नेतृत्व गर्ने घोषणा गरेका छन् । एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी एजेण्डाको […]

म्याग्दीमा चुनाव चिन्ह साटासाट गरेर प्रचार अभियानको सूरुवात

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल र पार्टी एकताको सहमती गरेका नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला स्तिरीय संयुक्त कार्यकर्ता भेला बुधबार बेनी स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न भएको छ । बामपन्थीहरुबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतीको स्वागत तथा खुसीयालीमा […]

म्याग्दीमा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

विकल्प न्युज । बेनी कार्तिक ८ गते । नेपाली कांग्रेस म्याग्दीका  बागी उम्मेद्वार केबी भण्डारी र नेत्र वहादुर महतले उम्दवारी फिर्ता लिनुभएकाे छ । राप्रपा सँग चुनाबी तालमेल गरेकाे भन्दै  प्रदेश निर्वाचन क्षेत्र क का लागि दुबैजनाले  मनाेनयन दर्ता गर्नुभएकाे थियाे ।

पर्वत बेनीमा प्रथम उत्साही कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी कार्तिक ८ गते ।    जलजला ३ पर्वत बेनीमा बुधवार देखि प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पर्वत बेनीको उत्साही समुह मूख्य आयोजक र न्यू होराइजन आवशिय मावि सहआयोजक रहेको प्रतियोगितामा ३५ टिमले सहभागिता जनाएका छन् । कार्तिक ८ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र […]

वाम गठबन्धनको शिखमा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । वाम गठबन्धन गरेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मङ्गलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कार्यकर्ता भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य कुलविर […]

स्थानीय तह निर्वाचनका आधारमा म्याग्दीमा वाम गठबन्धन सातहजार मतले अगाडी

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र लोकतान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा वाम गठबन्धन भारी मतका साथ अगाडी देखिन्छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र […]