म्याग्दीका गाउँगाउँमा लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान

विकल्प न्यूज/बेनी
कार्तिक ९ गते ।22729182_1513499865397958_6301604188558613915_n नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीका गाउँगाउँमा चुनावी प्रचार अभियान सञ्चालन गरेको छ । आइतवार मनोनयन दर्ता सँगै उम्मेदवार सहित गाउँपसेका काँग्रेस र राप्रपाका जिल्ला नेताहरुले कोणसभा,घरदैलो र आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

अभियान अन्र्तगत विहिवार अन्नपूर्ण गाउँपालिका वडा– ६ घारको खिवाङमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख डमबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले अव हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा काग्रेसलाई जिताउनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।nc

बानियाँले काँग्रेससंग म्याग्दीलाई समृद्धि कसरी ल्याउने भन्ने योजना भएको र त्यो कुरा जनतले बुझेकाले काग्रेसलाई नै जिताउने कुरामा आफु ढुक्क भएको बताउनुभयो ।

त्यस्तै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले विगतमा कम्प्युनिष्टहरुले जितेपनि जिल्लाले कुनै विकासको लागि कुनै अनुभुती हुने काम नगरेकोे र जिल्ला पछि परेको र अब जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफ्नो आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

nc1जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले निर्वाचनमा विजय भए कुनैपनि सरकारी सुविधा उपभोग नगर्ने र गरिब बिपन्न जनताको लागि आफुले अक्ष्यकोष समेत स्थापना गर्ने सोच बनाएको बताउनुभयो ।

कार्यक्रममा गठबन्धनबाट राप्रपाकाबाट उम्मेदवार भिमप्रसाद गौचनले अहिलेको चुनावमा तोकतान्त्रीक गठबन्धनले जित्नेमा कुनै आशंका नरहेको भन्दै ढुक्क भएर लोकतान्त्रिक गठबन्धनलाई जिताउन जनतालाई आग्रह गर्दै बिगतमा आफुले जनताको लागि काम गरेको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष वीरबहादुर थापा, नेपाल तरुन दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक ओम छन्त्याल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबीसंघ म्याग्दीको निर्वतमान अध्यक्ष भरतबहादुर रकाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रबिन्द्र गर्बुजा पुनले गर्नुभएको थियो ।
त्यस्तै अन्नपूर्ण गापा वडा न ७ घराम्दीमा पनि कार्यकर्ता भेला सम्पन भएको छ । वडा अध्यक्ष तथा घराम्दीका काँग्रेसका एकाई सभापति गमबहादुर फगामीको सभापतित्व भएको कार्यक्रममा वडा कार्यक्रमा बोल्दै भीमप्रसाद गौचन, खम्वीर गर्बुजा, भरत रकाल,लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नेबीसंघ म्याग्दीका सचिव चक्र केसीले गर्नुभएको थियो ।

अभियानमा रहेको टोलिले हिस्तानको टिकोटमा पनि आमसभा सम्पन्न गरेको छ । भने अर्को आमसभा हिस्तान औलमा समेत गर्न तयारी गरेको छ , त्यस्तै क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामी र मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद नेतृत्वको टोली पनि मल्कावाङ र मलम्वपारमा आमसभा सहित घरदैलो कार्यक्रम गरेको छ ।