गठबन्धनका उम्मेदवार जिताउन बामपन्थी विद्यार्थीहरु परिचालन

विकल्प न्यूज /बेनी
म्याग्दी, ९ असोज ।

bam gathabandanआगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन म्याग्दीका दुई बामपन्थी विद्यार्थी संगठन परिचालन हुने भएका छन् । निर्वाचनमा बामतालमेल गरेका एमाले र माओवादी केन्द्रका साझा उम्मेद्वारलाई बिजयी गराउनको लागि परिचालन हुने अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले निर्णय गरेका हुन् ।
म्याग्दीमा एमाले–माओवादीको वामतालमेलबाट प्रतिनिधिसभामा एमालेका भूपेन्द्र बहादुर थापा, प्रदेश सभा क्षेत्र क बाट माओवादीका विनोद केसी र प्रदेशसभा ख बाट एमालेकी नरदेवी पुन चुनाबी मैदानमा छन् ।
एमाले पार्टी कार्यालयमा विहिवार सम्पन्न एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सचिबालय स्तरीय सयुक्त भेलाले विपक्षिको गलत कार्यको भण्डाफोर गर्ने र गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन परिचालन हुने निर्णय गरेका छन् ।

Bam Gathabandhan Umedbarसो भेलाले १२ सदस्यीय सयुतm विद्यार्थी परिचालन सचिबालय समिति गठन गरेको छ । भेलाबाट सुवास बिश्वकर्मा, यामनाथ पौडेल, सावित्रि खत्री, ईश्वर सुवेदी, गणेश सुवेदी, दपर्ण रोका, रसिला बस्नेत, जनक सोनाम, योगेन्द्र क्षेत्री, रस्मि रोका मगर, शंकर शर्मा रहेको विद्यार्थी परिचालन समिति गठन भएको हो ।
विद्यार्थी संगठनहरुले मतदाता शिक्षा सिकाउने, गठबन्धनका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने जनाएका छन् । त्यस्तै विद्यार्थी परिचालनको लागि संयुक्त सचिवालय स्थापना गर्ने निर्णय समेत भएको छ । उक्त भेलालाई सम्बोधन गर्दै बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार तथा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापाले म्याग्दीको समृद्धि र विकासको लागि बामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन परिचालन हुन विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभयो । विद्यार्थी भविष्यको कर्णधार मात्र नभई बर्तमान समयको देशको आधारस्तम्भ समेत भएको उल्ल्ोख गर्दै बामगठबन्धनका योग्य उम्मेद्वारहरुको बिजयीको लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेलले म्याग्दीमा सयुक्त बामगठबन्धनलाई जिताउन भावनात्मक रुपमा एक भएर लाग्न आग्रह गर्नुभयो
त्यस्तै अनेस्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेलले जिल्लामा बामगठबन्धनको टिमलाई जिताउन विद्यार्थीहरु मतदाता शिक्षा लागि गाउँ गाउँमा जनता माझँ परिचालन हुने बताउनुभयो । अनेरास्ववियु जिल्ला अध्यक्ष सुवास विश्वकर्माको अध्यक्षता, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको संचालनमा सो भेला सम्पन्न भएको थियो ।