दाना र नारच्याङमा वाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन

विकल्प न्यूज/बेनी
कार्तिक १० गते ।

bam gathabandanम्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ ।
दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो । समितिमा एमाले माओवादीको वडा कमिटिका पदाधीकारी, सदस्य, जनवर्गीय संगठनका अध्यक्ष र सदस्यहरु रहेका छन् ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाम गठबन्धनका साझा उमेद्वार माओवादी केन्द्रका बिनोद केसीले निती निर्माण तहमा युवाको भावना समेट्न र जिल्लाको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाउन प्राथमिकता दिने बताउनुभयो ।

एमालेका सचिवालय सदस्य कुलबिर राम्जाली, नारायण पुन, माओवादी केन्द्रका नेता सुवास बिक, सुदिन पौडेल लगायतले नेपालमा राजनीतिक स्थायीत्व, सामाजिक परिर्वतन, विकास र समृद्धिका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।