लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा

राकेश शर्मा /बेनी
म्याग्दी, १० कात्तिक ।

22855440_1514408031973808_691791998_nलोकतान्त्रिक गठबन्धनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ ।
काग्रेस नेतृत्वको गठबन्धनले जिल्लामा चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई सभापति कर्ण बहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले यो मगर समुदायको महत्व बोकेको कर्वाकेलीलाई पर्यटकीय स्थल बनाउन पहल गर्ने बताउनुभयो ।
उहाँले जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफ्नो आफुले उम्मेद्वारी दिएको र जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले निर्वाचनमा विजय भए यी चुनावी प्रतिबद्धता पुरा गरेर नै छाड्ने बताउनुभयो ।
कार्यक्रममा गठबन्धनबाट राप्रपाकाबाट उम्मेलवार भिमप्रसाद गौचनले अहिलेको चुनावमा तोकतान्त्रीक गठबन्धनले पक्कै पनि जाताउनु हुनेछ । भन्नेमा आफु ढुक्क भएको बताउनुभयो ।
कार्यक्रममा राप्रपाका जिल्ला अभ्यक्ष वीर बहादुर थापा, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक ओम छन्त्याल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबीसंघ म्याग्दीको निर्वतमान अध्यक्ष भरत बहादुर रकाल, नेबीसंघका युवा नेता भलक जिसी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नेबिसंघ जिल्ला सचिब चक्र केसीले गर्नुभएको थियो ।
अभियानमा रहेको टोलीलाई काफलडाँडाका स्थानीयले बाजागाजा र मारुनी नृत्यले सहित स्वागत गरेका थिए । त्यस्तै अन्नपूर्ण गापा कै राम्चेमा पनि कार्यकर्ता भेटगाट तथा आमभेला सम्पन भएको छ । नेत्र बहादुर गर्बजाको सभापतित्व भएको कार्यक्रममा खम बहादुर गर्बुजा, क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचनल, भरत बहादुर रकाल, मन कुमारी बिक, झलक जिसी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेबीसंघ म्याग्दीका सचिव चक्र केसीले गर्नुभएको थियो ।