म्याग्दी समाचार
पक्राउ परेका कार्यकर्तालाई निसर्त रिहाई गर्न नेकपाको माग

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई निसर्त रिहाई गर्न माग गरेको छ । नेकपा म्याग्दीका सेक्रेटरी पदम पुन (फिल्टर)ले स्थानीय पत्रकारहरुलाई बिहीबार फोन गरी पढेर सुनाएको प्रेस विज्ञप्ती मार्फत कात्तिक २४ गते बेनीमा पक्राउ परेका प्रेम श्रीस र २५ गते मालीका ३ अदीभाराबाट पक्राउ […]
चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुइ हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । यहि मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई […]
कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल‘’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल‘गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । गीतकार विपिन मर्मका शब्द […]
देशको मुहार फेर्ने सुनौलो अवसर ः प्रचण्ड

विकल्प न्यूज/पर्वत कात्तिक ३० गते ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धनलाई दुइतिहाई वहुमत दिएर देशको महार फेर्ने अभियानमा योगदान पु¥याउन आग्रह गर्नुभएको छ । संयुक्त वाम गठबन्धन पर्वतले आयोजना गरेको चुनावी आमसभामा सम्बोधन गर्दै प्रचण्डले स्थानीय, प्रदेश र केन्द्रमा वामपन्थीको वलियो सरकार वनाएर देशको मुहार फेर्ने उद्घोष गर्नुभयो । उहाँले निर्वाचन पछि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण […]
पोखराबाट कुस्मा हुँदै बेनी सम्म रेल – ओली

विकल्प न्यूज/पर्वत कार्तिक ३० गते ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा वाट बेनी सम्म रेल ल्याउने बताउनुभएको छ । वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि सहितको विकासका लागि रेल मार्गको विस्तार गर्ने योजना भएको बताउनुभयो । उहाँले नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने वताउनुभएको छ । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना […]
उम्मेदवार पुनको टोली आक्रामक चुनाव प्रचारमा
विकल्प न्यूज/बेनी कात्तिक ३० गते । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनकी साझा उमेद्वार एमालेकी नरदेवी पुनको टोलीले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियानलाई आक्रामक बनाएको छ । बिहीबार मालीका गाउँपालीका ४ च्युरीबोटमा टोलसभा, मंगला २ मिठौला, मंगला ५ सिर्कुम र धौलागिरी गाउँपालीका ७ ताकममा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको […]
निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै विद्युतका पोल वितरण
विकल्प न्यूज/बेनी बेनी ३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ । बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल गाउँमा पुग्ने […]
वाम गठबन्धनको भुरुङ तातोपानी र दोवामा चुनावी सभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० कात्तिक । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् । मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त आमसभा तथा […]
म्याग्दीको निर्वाचन – किन हुन्छ मतको “बार्गेनिङ” !
सन्तोष गौतम/विकल्प न्यूज कात्तिक २८ गते । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । सदरमुकाम बेनीमा भन्दा गाउँमा चुनावी चहलपहल बढ्दै जान थालेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल बढेको हो । धान, कोदो भित्र्याउने र गहुँ, […]
मतदानको तरिका सिकाउँन घरदैलोमा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २८ गते । तस्विर बेनी नगरपालिका १ रत्नेचौरको एकघरमा भेला भएका महिलाहरुलाई नमुना मत पत्र मार्फत मत खसाल्ने तरिका सिकाउँदै नेकपा एमालेकी समानुपातिक उम्मेदवार थममाया थापा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी,म्याग्दी आसन्न मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका ग्रामिण गाउँहरुमा चुनावी […]
दुर्गमको विकासको खाका काँग्रेससँग मात्रै ः बानियाँ

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । निर्वतमान सांसद रेशम बानियाँले दुर्गम क्षेत्रको विकास गर्ने योजना काँग्रेससँग मात्रै भएको दाबी गरेका छन् । २५ बर्ष म्याग्दीको शासनसत्ता कम्प्युनिष्टले सञ्चालन गर्दा पनि विकास नभएको प्रसँग कोट्याउँदै बानियाँले पाँच बर्षभित्र आफुले दुईवटा कम्प्युनिष्ट साँसदले गर्न नसकेको काम गरेको बताए । सोमबार मालिका–३ रुमडाँडामा नेपाली काँग्रेसले आयोजना गरेको चुनाबीसभालाई […]
प्रदेशसभा क्षेत्र (ख)मा वाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)का विभिन्न ठाउँमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।धौलागिरी गाउँपालीका ५ मल्कवाङ, मालीका गाउँपालीका ५ देविस्थान, मंगला १ कुहुँ, ३ र ४ बरंजा तथा ५ नम्बर वडाको किमचौरमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त प्रशिक्षण दिइएको हो । […]
विकास र सम्बृद्धिको नेतृत्वका लागि वामगठबन्धनको विकल्प छैन – थापा

सन्तोष गौतम, कमल खत्री/बेनी २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको […]
चुनावलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता
विकल्प न्यूज/बेनी आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनीतिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ । म्याग्दीका मतदान स्थलहरुलाई संवेदनशिल, संवेदनशिल र सामान्य भागमा बिभाजन गरेर […]
म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालिका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई सरकार हस्तान्तरण गरेको […]