विकल्प न्यूज/बेनी
मंसिर १ गते ।
नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई निसर्त रिहाई गर्न माग गरेको छ ।
नेकपा म्याग्दीका सेक्रेटरी पदम पुन (फिल्टर)ले स्थानीय पत्रकारहरुलाई बिहीबार फोन गरी पढेर सुनाएको प्रेस विज्ञप्ती मार्फत कात्तिक २४ गते बेनीमा पक्राउ परेका प्रेम श्रीस र २५ गते मालीका ३ अदीभाराबाट पक्राउ परेका जगत पुनलाई रिहाई गर्न माग गर्नुभएको हो ।
कुनै राजनितिक दललाई आस्था राख्न पाउने राजनितिक अधिकार हनन् गर्दै आफ्नो पेशा व्यवसाय गरिरहेका व्यक्तिलाई पक्राउ गरेको भन्दै उहाँले आपत्ती जनाउनुभएको छ । “पक्राउ परेका कार्यकर्ताको निशर्त रिहाईको माग गर्दछु” पुनले भन्नुभयो । आसन्न चुनाव बिरोधी गतिबिधिमा संलग्न भएको आरोपमा प्रहरीले नेकपाका कार्यकर्ता श्रीस र पुनलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी नेकपाको लेटरप्याडको दुरुपयोग गरि अवाञ्छित गतिबिधी भएको भन्दै सो पार्टीका धौलागिरी ब्युरो ईञ्चार्ज धु्रब घिमीरे (विप्लव)ले आपत्ती जनाउनुभएको छ । नेकपाको नाममा म्याग्दीमा विभिन्न पार्टीका नेता कार्यकर्तालाई चुनावमा निश्क्रिय बन्न आग्रह गर्दै पत्र पठाइएको विषयमा घिमीरेले आफ्नो पार्टीले कसैलाई पनि यस्तो प्रकृतीको पत्र नपठाएको दावी गर्नुभएको छ ।