मतदानको तरिका सिकाउँन घरदैलोमा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
कार्तिक २८ गते । nirbachan photo 2तस्विर
बेनी नगरपालिका १ रत्नेचौरको एकघरमा भेला भएका महिलाहरुलाई नमुना मत पत्र मार्फत मत खसाल्ने तरिका सिकाउँदै नेकपा एमालेकी समानुपातिक उम्मेदवार थममाया थापा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी,म्याग्दी

 आसन्न मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका ग्रामिण गाउँहरुमा चुनावी माहोल बढेको छ ।े चुनावीसभा र घरदैलो कार्यक्रम मार्फत मत मागेका राजनीतिक दलहरुले मतदाताका घरघरमा पुगी मतपत्रमा छाप लगाउने तरिका पनि सिकाउन थालेका छन् । दलका नेता तथा कार्यकर्ताहरु पार्टीको घोषणा–पत्र र उम्मेदवारका प्रतिवद्धता पत्र बोकेर मतदातालाई फकाउन थालेका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भुपेन्द्रबहादुर थापा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । nirbachan photo 1यसै गरि प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका बिनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन तथा प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा हुनुहुन्छ ।

उम्मेदवारहरुले तालिका अनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहेका छन् । केही दिन पहिलेको तुलनामा पछिल्लो हप्ता दलहरुले आयोजना गरेको चुनावी सभामा जनसहभागीता बढ्दै गएको छ ।

मतदाता एकैछिन् घरको काम थाती राखेर उम्मेदवारका चुनावी मुद्धा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् । गाउँपसेका उम्मेदवार र दलका कार्यकर्ताहरुले नमुना मतपत्रमा छाप लगाउने तरिका सिकाउन घरदैलो अभियान सञ्चालन गरेका छन् । एकजना मतदाताले तिनवटा मतपत्रको चारठाउँमा रहेका दलका चिन्हमा स्वस्तीक छाप लगाउनुपर्ने भएकाले मतदाताहरु अलमलमा नपरुन भनेर दलका कार्यकताहरुले मतदाता शिक्षामा जोड दिएका छन् ।
मतपत्रको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउने र पट्याउने तरिका सहित भोट खसाल्न सिकाउनका लागि मुख्य प्रतिस्पर्धी लोकतान्त्रीक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ता मतदाताहरुको घरदैलोमा नमुनामतपत्र सहित परिचालित भएका छन् ।

दलहरुले पार्टीको स्थानीय वडा कमिटिलाई परिचालन गरेर नमुना मतपत्रसहित भोट माग्ने थालेका छन् । नेकपा एमालेकी पोलिट व्युरो सदस्य एवं समानुपातिक उम्मेदवार थममाया थापा मतदाताका घरदैलोमा पुगी मत पत्रमा छाप लगाउने तरिका सिकाउँदै हुनुहुन्छ । गाउँमा हुने चुनावी अभियानका क्रममा मतदातालाई मत खसाल्ने तरिका सिकाउनु अभियानको पहिलो प्राथमिकता भएको थापा बताउनुहुन्छ ।

सवै वुथका लागि नमुना मतपत्र पठाइसकेको र नमुना मतपत्रसहित भोट माग्ने अभियान सुरु गरिसकेको नेकपा एमालेका प्रचारविभाग प्रमुख सुरत केसीले बताउनुभयो । ‘गाउँगाउँमा हुने चुनावी कार्यक्रमका साथै मत बदर हुनबाट जोगाउन मतदाता शिक्षा पनि सञ्चालन गरिएको प्रचार विभाग प्रमुख केसीले बताउनुभयो ।

‘घरदैलो, चुनावी सभामा र प्रचार–प्रसारमा जुटेका छौं, नमुना मतपत्रसहित जनताका घरघरमा पुगी मत खसाल्ने तरिका पनि सिकाएका छौ उहाले भन्नुभयो, ‘पार्टीका कार्यकर्ताहरू वडातहमा खटिएका छन्, छाप लागाउने तरिका सिकाउँदै भोट मागिरहेका छौ ।”

चुनावी अभियानलाई तिव्रता दिएको लोकतान्त्रीक गठबन्धनले पनि चुनावी सभा र घरदैलो कार्यक्रम मार्फत मतदाताहरुलाई मतदाता शिक्षाका वारेमा पनि जानकारी गराइएको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठले बताउनुभयो । नेपाली काँग्रेसले पनि नमुना मतपत्र सहित मतदाताका घरघरमा स्थानीयस्तरका कार्यकर्ताहरु परिचालन मार्फत मत मागिरहेका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गर्वुजा पार्टीले आयोजना गर्ने चुनावी सभा र घरदैलोमा व्यस्त हुनुहुन्छ । किसानका खेतवारीमा पुगेर गर्बुजाले मत माग्नुभएको छ । mata data debistanनमुना मतपत्रका साथ गाउँगाउँमा पुगेका काँग्रेस नेता कार्यकर्ता भोट खसाल्ने तरिका सिकाउन व्यस्त छन् । काँग्रेसका स्थानीय कार्यकर्ताहरु नमुना मतपत्रसहित घरघरमा पुगेर मतदातासँग भोट माग्न नै केन्द्रित गरेको सदस्य श्रेष्ठले जानकारी दिनुभयो । काँग्रेसले गाउँगाउँमा साना सभा तथा अन्य भेटघाटलाई समेत जोड दिन लागेको छ । मतदाताहरुका घरघरमा नमुना मतपत्र सहित भोट खासाल्ने तरिका सिकाउन कार्यकर्ता परिचालन गरिएको उहाँले बताउनुभयो । यसै गरि अन्य साना दलहरुले पनि आफ्नो चुनावी अभियान सञ्चालन गरेका छन् ।