म्याग्दीको निर्वाचन – किन हुन्छ मतको “बार्गेनिङ” !

सन्तोष गौतम/विकल्प न्यूज
कात्तिक २८ गते ।

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

सदरमुकाम बेनीमा भन्दा गाउँमा चुनावी चहलपहल बढ्दै जान थालेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल बढेको हो । धान, कोदो भित्र्याउने र गहुँ, जौ लगायत हिउँदे बाली लगाउने काम सकेर स्थानीय नेता कार्यकर्ता चुनाव प्रचारमा सक्रिय हुन थालेपछि गाउँमा चुनावी रौनक बढेको छ ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भुपेन्द्रबहादुर थापा र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका खम्बिर गर्बुजा उम्मेदवार हुनुहुन्छ । bhupendra and khambirप्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका बिनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन तथा प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी मुख्य प्रतिस्पर्धीको रुपमा रहनुभएको छ ।

उम्मेदवारहरुले तालिका अनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहेका छन् । केही दिन पहिलेको तुलनामा पछिल्लो हप्ता दलहरुले आयोजना गरेको चुनावी सभामा जनसहभागीता बढ्दै गएको छ । मतदाता एकैछिन् घरको काम थाती राखेर उम्मेदवारका चुनावी एजेण्डा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् ।
उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन् । उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि विभिन्न योजना माग गरेका हुन् ।

nardevi and amlal fagamiअधिकांश गाउँका बासिन्दाले सडकलाई व्यवस्थित गरेर नियमित यातायात सेवा उपभोग गर्ने वातावरण बनाउन, निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा शिक्षक दरबन्दिको व्यवस्था मिलाउन, कक्षा कोठा भवन बनाउन, खानेपानी, विद्युत, सिचाई जस्ता पूर्वाधार योजनाको माग गरेका छन् ।

यसैगरी आमा समूहले भवन, युवा क्लबले खेलमैदान, पोशाकको माग गरेका छन् । आमा समूह र युवा क्लबको नाममा मोटो रकम मागेर उम्मेदवारसंग बार्गेनीङ गर्ने विकृति समेत बढेको छ । “हाम्रो समूहलाई, क्बललाई यति पैसा दिनुप¥यो गाउँका सबै भोट तपाइलाई दिन्छौ भन्दै फोन गर्ने र कार्यक्रम गर्न जाँदा मोलमोलाई गर्छन्” एक उम्मेद्वारले भन्नुभयो “यसरी मागेको रकमको पारदर्शीता पनि हँुदैन्, रकम पाएपछि न चुनावमा सहयोग गर्छन, न लक्ष्य अनुसार रकम सदुपयोग गर्छन् ।”

सिंहदरवारको अधिकार गाउँगाउँमा स्थापित गर्न नीतिनियम बनाउने केन्द्र र प्रदेशसभा गठनका लागि हँुन लागेको चुनावका उम्मेदवारहरु जनताको चासो अनुसार विकास निर्माणकै नारामा केन्द्रित भएका छन् । विगतका भन्दा फरक चुनाव भएपनि दल र उम्मेदवारहरुले नीति नियम भन्दा पनि विकास निर्माणकै आश्वासन बाँड्ने गरेको बेनपा ३ डोलेका टिकाबहादुर थापाले बताउनुभयो ।

“आफूले जिते विकास गर्छु भनेर आश्वासन बाँडेका छन” थापाले भन्नुभयो “यसअघि यस्तै नाराले चुनाव जितेकाले केही गरेका छैनन् ।” समग्र निर्वाचन प्रणाली, केन्द्र र प्रदेश सभाको बारेमा कसैले जानकारी नगराएको अर्का मतदाता ईन्द्रकली पुनले बताउनुभयो । संबिधान कार्यान्वयन, आर्थिक सम्बृद्धिजस्ता महत्वपूर्ण कुरा भन्दा पनि परम्परागत विकासे आश्वासन मात्र बाँडेका छन् ।bhim and binodम्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक भोलानाथ घिमीरेले दल र उम्मेदवारले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता तथा मतदाता राजनीतिक भन्दा विकासे नाराले प्रभावित हुने भएकाले संबिधान कार्यान्वयनको विषय ओझलमा परेको बताउनुभयो । चुनाव प्रचार शैली परम्परागत भन्दा माथि उठ्न सकेको छैन् । अहिले संघ र प्रदेशसभाको निर्वाचन एकैसाथ हुन लागेकाले प्रदेशसभाको चुनाव ओझेलमा परेको छ ।

“वाम गठबन्धनलाई स्थानीय तह र यसअघिको दुई वटा संबिधानसभामा पाएको जनमत जोगाउन र लोकतान्त्रीक गठबन्धनलाई मतदातालाई आकर्षित गर्नुपर्ने अवस्था छ” घिमीरेले भन्नुभयो “उम्मेदवार छनौटको प्रक्रियादेखिनै राजनीतिक भन्दा पनि पैसावालालाई प्राथमिकता दिँदा चुनावमा आर्थिक चलखेल हुन स्वभाविक देखिन्छ ।”

केही ठाउँमा भोटलाई पैसामा खरिद बिक्री गर्ने विगतको अभ्यासले यसपटक पनि त्यसो नहोला भन्न सकिन्न् । यद्यपी पछिल्लो समय बढेको शिक्षा र चेतनाको स्तरले केही बस्तीका बासिन्दाहरु सचेत बन्न थालेका छन् । विगतका चुनावमा मत खरिद बिक्री हुने ठाउँको रुपमा बदनामी खेपेको बेनपा ५ पुरुण्डीका बासिन्दाले यसपाली पैसा लिएर भोट किन्न आउनेलाई बहिस्कार गर्ने निर्णय गर्दै होडीङ बोर्ड समेत राखेका छन् ।umlमतदाताले उम्मेदवारप्रति आफ्नो दैनिक जिवनयापनसंग सरोकार राख्ने विषयमा अपेक्षा राख्नु स्वभाविक भएपनि चुनावको मौका छोपेर विभिन्न समूहको नाममा गरिने मोलमोलाई गर्ने विकृतिले समाजलाईनै बदमान गराउन थालेको छ । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काले उम्मेदवार बनाउन पैसावाल ब्यक्तीलाई प्राथमिकता दिँदा आफ्नो जिवन राजनीतिमा समर्पण गरेका ईमानदार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

“राजनीतिलाई व्यवसाय, राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण हुँदा चुनाव महँगो, भड्कीलो मात्र भएको छैन नेपालमा अर्को लेण्डुप दोर्जे जन्मिने खतरा पनि उत्तिकै छ” खड्काले भन्नुभयो । म्याग्दीमा काँग्रेस र राप्रपाबीच भएको चुनावी तालमेलप्रति असन्तुष्ट रहेका खड्का तालमेलको नाममा काँग्रेसले आपराधिक र पञ्चे प्रवृतीका व्यक्तिलाई बोक्नु गलत भएको बताउनुभयो ।Ghatan uml maobadi (3)“वाममपन्थीले तालेमेल गरे भनेर आत्तिनुपर्ने अवस्था थिएन, म्याग्दीको प्रदेशसभा क्षेत्र कमा काँग्रेस एक्लेलै प्रतिस्पर्धा गर्न सक्थ्यो” खड्काले भन्नुभयो “तालमेलको नाममा हिजो पञ्चायत कालमा चुनाव जित्न विभिन्न हर्कत गरेका, जनतालाई दःुख दिएका र अपराध गरेर जेल समेत गएका व्यक्तिलाई बोक्नु गलत हो ।”

खड्काले चुनावलाई मितब्ययी र पारदर्शी बनाउन दलले पाएको मतको आधारमा राज्यले अनुदान दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । संघियताको कार्यान्वयन पहिलो खुड्कीलो भएकाले सोही अनुसार संघ र प्रदेशसभाको बारेमा मतदातालाई जानकारी हुन सकेको छैन् । मतदाताकहाँ जाँदा राजनीतिक स्थीरता कायम गर्ने, संघियताको कार्यान्वयन गर्ने भन्दा पनि कतिपय असम्भव सपना देखाउने र एकअर्कालाई आरोप लगाउने पुरानै शैली देखिएको छ ।DSC_0021विकास, सम्बृद्धि र संबिधानको अर्को पाटो मानिएको सुशासनको विषयलाई पनि उम्मेद्वारहरुले त्यती महत्व नदिएको बेनपा ४ का सुरेन्द्र भण्डारीले बताउनुभयो । सचेत वर्गले संबिधान कार्यान्वय, राजनीतिक स्थिरता, आर्थिक सम्बृद्धि भनेपनि अधिकांश मतदाताले ठूला देखि सानातिना योजनामा बजेट पारिदिन उम्मेद्वार र नेतालाई आग्रह गरेका छन् ।

दलका कार्यकर्ताले गाउँमा पुगेका उम्मेदवारलाई विभिन्न योजनाका सूची बनाएर सुनाउने र लिखित रुपमा माग राख्ने गरेका छन् । जनताको चासो विकास निर्माणमै भएकाले उनीहरुको भावनाको सम्बोधन गर्न सोही अनुसारको आश्वासन दिनुपर्ने बाध्यता रहेको उम्मेद्वारहरुको भनाई छ । गाउँ अभियानमा जुटेका उम्मेदवारले मतदाताका योजना सुन्दै आफ्ना आश्वासन बाँडिरहेका छन् ।

आश्वासनलाई चुनाव जितेपछि कार्यान्वयनमा ल्याउनसकेमा मात्र मतदाताले परिवर्तनको अनुभूति गर्नसक्ने रघुगंगा गाउँपालिका २ भगवतीका अगुवा देवेन्द्रबहादुर मल्लले बताउनुभयो । अन्यथा जति सरकार र राजनीतिक नेतृत्व फेरिए पनि मतदाताका समस्या ज्यूँ का त्यूँ रहने उहाँको भनाइ छ । नवकिल्प साप्तहिकबाट