सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३० कात्तिक ।
पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् ।
मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त आमसभा तथा घरदैलो गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले एमाले र माओवादीको दवावमा परेर नेपालमा गणतन्त्र घोषणा गर्न, प्रगतिशिल संबिधान बनाउन बाध्य भएको नेपाली काँग्रेसले ईतिहाँसको विभिन्न कालखण्डमा आफ्नै बहुमतको सरकार ढलाएको, राजालाई सत्ता बुझाएको, राजावादी र पञ्चेहरुसंग तालमेल गरेका कारण लोकतन्त्र बचाउन नसक्ने दावी गर्नुभयो ।
नेकपा एमालेकी समानुपातीक उमेद्वार समेत रहनुभएकी थापाले भन्नुभयो “बाम तालमेलसंगै चुनाव आफूले नजित्ने, बामपन्थीको बहुमत आएर राजनितिक स्थिरता, समतामुकलक विकास, जनजिविकामा सुधार र सम्बृद्धी हुने भयो भनेर सकेसम्म चुनाव हुन नदिने षडयन्त्रमा लागेको छ ।” नेता थापाले ग्रामिण क्षेत्रको विकास र दुर्गम ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ, सञ्चार जस्ता सेवा सुबिधाको गुणस्तर सुधारसंगै समतामुलक समाज निर्माणका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले म्याग्दीमा गाउँगाउँमा सडक पु¥याउने, विद्यालय स्थापना गर्ने, स्वास्थ्य संस्था खोल्ने, पूर्वाधार बनाउने, खानेपानी योजना बनाउने, जिल्लामा जलविद्युत आयोजना भित्र्याउने, पर्यटकीय स्थलको विकास र कृषिको प्रर्वद्धनका काम एमाले माओवादीको नेतृत्वमा भएको दावी गर्नुभयो ।
“एमाले र माओवादीका सांसद, जनप्रतिनिधि र कार्यकर्ताले अगुवाई गरेर खनेका सडकमा चिल्ला गाडी चढेर गाउँमा पुग्ने अनी कम्प्युनिष्टले केही गरेनन् भनेर आरोप लगाउनेले २०५६ सालमा पैसा र शक्तिको बलमा सांसद बनेका काँग्रेसका नारायणसिङ पुनले म्याग्दीमा गरेको काम देखाउनुप¥यो” थापाले भन्नुभयो “पैसाको बल र धाँदली गरेर चुनाव जित्नेले जनताको सेवा गर्न सक्दैनन् भन्ने जनताले बुझ्नुपर्छ ।”
नेकपा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र (क) का उमेद्वार बिनोद केसीले आफ्नो जिल्लाको जनसंख्या कति छ भन्ने समेत जानकारी नहुने र नेपालमा राजतन्त्र पुर्नस्थापना गर्छु भन्नेबाट विकास र सम्बृद्धीको अभियान सफल नहुने भएकाले जनताले अग्रगमन पक्षधर र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताउनुभयो ।
केसीले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा प्रक्रिया अघि बढेको र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा बेनी जोमसोम कोरला सडक आयोजनाका लागि सात अर्ब रुपैया भन्दा बढी बजेट छुट्टीएको जानकारी गराउँदै उक्त योजना सफल बनाउन र कोरला नाका खोल्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता कुलबिर राम्जाली र माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माले चुनाव लगत्तै एमाले माओवादी पार्टी एकता हुने बताउँदै आसन्न निर्वाचनबाट कम्प्युनिष्टले बहुमत ल्याएरै छाड्ने बताउनुभयो । आमसभासंगै उमेद्वार र नेता कार्यकर्ताको टोलीले भुरुङ तातोपानी र दोवामा घरदैलो गरेका छन् ।
कार्यक्रममा जनवादी कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । भुरुङ तातोपानीमा एमालेका मनबहादुर गर्बुजाको अध्यक्षता, वडा अध्यक्ष ओमप्रकाश फगामीको स्वागत, माओवादीका सुवास विश्वकर्माको सञ्चालन, दोवामा कुलप्रसाद पुर्जाको अध्यक्षता, वडा अध्यक्ष दिलीप गर्बुजाको स्वागत र एमाले नेता खड्ग गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।