विकल्प न्यूज/पर्वत
कार्तिक ३० गते ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा वाट बेनी सम्म रेल ल्याउने बताउनुभएको छ । वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि सहितको विकासका लागि रेल मार्गको विस्तार गर्ने योजना भएको बताउनुभयो ।
उहाँले नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने वताउनुभएको छ । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताउनुभयो ।बाम गठबन्धनले चुनाब जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने ‘उत्तर दक्षिणका नाका खोलिएका छन, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ’ उहाँले उत्तर तर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार गर्न सक्ने उहाँको भनाई थिए । ओलीले आफुँ प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तीब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैयाँ बजेट समेत बिनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने आश्वासन पनि दिनुभयो ।मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याउँदै उहाँले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने बताउनुभयो । ‘पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने छौ’ उनले भने ‘यसका लागि केही बर्ष मात्रै लाग्छ’
उहाँले बामपन्थीहरुको एकताबाट आत्तिएको कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकबाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाउनुभयो । उहाँले बाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन पनि दिनुभयो । उहाँले बाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, बिकास र सम्बृद्धि ल्याउने बताउनुभयो । ‘देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र सम्बृद्धि सबै बाम गठबन्धनले दिन्छ’ उहाँले भन्नुभयो ।
तस्विरहरु ठाकुरप्रसाद आचार्य