विकल्प न्यूज/पर्वत
कात्तिक ३० गते ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धनलाई दुइतिहाई वहुमत दिएर देशको महार फेर्ने अभियानमा योगदान पु¥याउन आग्रह गर्नुभएको छ ।
संयुक्त वाम गठबन्धन पर्वतले आयोजना गरेको चुनावी आमसभामा सम्बोधन गर्दै प्रचण्डले स्थानीय, प्रदेश र केन्द्रमा वामपन्थीको वलियो सरकार वनाएर देशको मुहार फेर्ने उद्घोष गर्नुभयो । उहाँले निर्वाचन पछि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरेर आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान वाम गठबन्धन निर्माण गरेर जनतामाझ चुनावमा आएको बताउनुभयो ।
नेता प्रचण्डले इतिहास रज्ने मौका आफूहरुलाई भएको भन्दै दाहालले चुनाव मात्रै जितेर नपुग्ने भएकोले अत्याधिक वहुमत दिन मतदातालाई आग्रह गर्नुभयो । ९ महिने सरकारले वाक्क भएको भन्दै स्थिर सरकार र सम्वृद्धि खोज्ने यो नौलो अवसर भएकाले ऐतिहासिक अवसर नगुमाई देशलाई समाजवादी युगमा लैजाने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
राष्ट्रियता, स्वाधीनता र सम्वृद्धिलाई एकसाथ अगाडि वढाई संसारलाई समाजवादको नयाँ मोडल दिने दाबी प्रचण्डको छ ।
बुढी गण्डकी जलासययुक्त आयोजनाको ठेक्का सम्झौता खारेज गरेर शेर वहादुर देउवाले आफ्नो छवि उदाङ्गो पारेको आरोप दाहालको छ । यसले कांग्रेस विकास विरोधी हो भन्ने पुष्टी गरेको समेत उहाँले बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन पछि वहुमतसहितको सरकार वनाएर देशलाई सम्वृद्ध वनाउने बताउनुभयो ।
ओलीले देशमा पाँच वर्षभित्रै अविकास र पछौटेपनको अन्त्यहुने ठोकुवा गर्नुभयो । माओवादी केन्द्र र एमाले चुनाव पछि एउटै पार्टी वन्ने भन्दै ओलीले साना वाम पन्थी दलहरुपनि एकिकृत हुनुपर्ने आवश्यकता औल्याएउनुभयो । वाम गठबन्धनका उम्मेदवाहरुलाई जिताएर पठाउनुहोस पर्वतको विकासको जिम्मा म आफै लिन्छु ओलीको भनाई थियो । तस्विहरु ठाकुरप्रसाद आचार्य