विकल्प न्यूज/बेनी
बेनी ३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ ।
बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल गाउँमा पुग्ने भन्ने विषयमा बिवाद भएपछि बुधबार पु¥याइएको पोल गाड्ने काम भएको छैन् ।
नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजा र राप्रपाका प्रदेशसभा क्षेत्र (क) उमेद्वार भिमप्रसाद गौचनको दवावमा प्राधिकरणले आचार संहिताको धज्जी उडाउँदै नगरपालीका र अन्य गाउँपालीकाहरुमा धमाधम विद्युतका पोल वितरण गरिएको एमाले माओवादीका नेताहरुले आरोप लगाएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचार संहिता अनुगमन अधिकृत छविन्द्र बेल्बासेले आचार संहिता लागू भएको अवस्थामा पोल वितरण गर्न नपाइने बताउनुभयो । घतानमा विद्युत प्राधिकरणले पोल वितरण गरेको विषयमा अनौपचारीक सूचना आएको बेल्बासेले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले भाँचीएको पुरानो पोलको विकल्पमा बदली गर्न नयाँ पोल उपलब्ध गराइएको बताउनुभयो । दुर्घटनाको जोखिम भएकाले पोल उपलब्ध गराएको बताउँदै न्यौपानेले नयाँ विद्युतीकरण गर्ने ठाउँमा भने नदिएको दावी गर्नुभयो ।
सो स्थानमा एक वटा पोल भाँचीएको भएपनी प्राधिकरणले दुई वटा उपलब्ध गराउनु रहस्यको विषय बनेको छ । चुनावको समयमा नेता र उमेद्वारहरुले मतदातालाई प्रभावीत पार्न कार्यालय प्रमुखहरुसंग मिलेर विद्युतका पोल, खानेपानी र सिचाईका पाईप वितरण गर्ने अभ्यास रहेको बताईन्छ ।