ताजा समाचार:
Search

उम्मेदवार पुनको टोली आक्रामक चुनाव प्रचारमा

विकल्प न्यूज/बेनी
कात्तिक ३० गते ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनकी साझा उमेद्वार एमालेकी नरदेवी पुनको टोलीले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियानलाई आक्रामक बनाएको छ ।

बिहीबार मालीका गाउँपालीका ४ च्युरीबोटमा टोलसभा, मंगला २ मिठौला, मंगला ५ सिर्कुम र धौलागिरी गाउँपालीका ७ ताकममा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।Niskotच्युरीबोटमा माओवादी केन्द्रका रेशम पुनको अध्यक्षतामा भएको टोलसभालाई सम्बोधन गर्दै उमेद्वार पुनले म्याग्देली महिलाको मुक्ति र जनताको सेवाका लागि आफूले शिक्षकको स्थाई जागीर छोडेर राजनितिमा होमीएको बताउँदै आफूले गरेको त्याग र योगदानको मूल्याङ्कन गरेर मत दिन आग्रह गर्नुभयो ।

म्याग्दीलाई विकासीत र सम्बृद्ध बनाउने स्पष्ट योजना बाम गठबन्धनसंग भएको बताउँदै सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, सिचाई, विद्युत, कृषि, पर्यटन, खनीज को क्षेत्रमा भएको सम्भावनालाई व्यवहारमा उतारेर म्याग्दीलाई विकसीत र म्याग्देली जनतालाई सम्बृद्ध बनाउने बताउनुभयो ।
मालीका ७ बिमका वडा अध्यक्ष तथा स्वतन्त्र बामपन्थी युवा रेशम जुक्जालीले पैसा बाँडेर चुनाव लड्नेले चुनाव जितेपछि त्यही खर्च उठाउन भ्रष्ट्राचार, अनीयमितता गर्ने भएकाले विकास हुन नसकेको बताउँदै म्याग्दीमा अब बुथ क्याप्चर गरेर, पैसा बाँडेर, जातीय नारा भजाएर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

यसैगरी धौलागिरी गाउँपालीका ७ ताकममा एमालेका होमबहादुर थापा र माओवादी केन्द्रका यामन रोकाको नेृत्वमा संयुक्त कार्यकर्ता प्रशिक्षण तथा जनभेटघाट भएको छ । मंगला ५ सिर्कुममा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका र माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाको नेतृत्वमा घरदैलो भएको छ ।

मंगला २ मिठौलामा वडा अध्यक्ष धनबहादुर खाती र माओवादी केन्द्रका कुलबहादुर पुनको नेतृत्वमा घरदैलो भएको छ । मालीका ६ दुखुमा गाउँपालीका उपाध्यक्ष खरमाया बिटालुको नेतृत्वमा घरदौलो गरिएको छ ।