ताजा समाचार:
Search

म्याग्दी समाचार

प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ पुष ।म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री र सिर्जनात्मक […]

वेनीमा आयोजित हुने “माघेसंक्रान्तिमेला”को सांस्कृति–ऐतिहासिक पृष्टभूमि

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज पुस २७ गते । १.आरम्भः नेपालको सन्दर्भमा पछिल्लो डेढ दशक महोत्सव र मेलापर्वहरु आयोजनाको कालखण्ड बनेको छ भन्दा फरक नपर्ने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक दृष्टिले पर्यटकीय सम्भावना रहेका ठाउँहरुमा मात्र होइन, अब त प्रत्येक जिल्ला, हरेक धार्मिक सांस्कृतिक स्थलहरु, प्रत्येक नगरपालिका, र स–साना गाउँबस्तीहरुमा समेत महोत्सव र […]

छैठौ म्याग्दी महोत्सवको तयारी पुरा (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ पुष । जिल्लाको सम्भावनाको उजागर गर्ने मुख्य उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । महोत्सव स्थल खुल्ला मञ्चमा […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज पुस २७ गते । दरवाङ/ मालीका गाउँपालिका ३ रुमका हर्ममान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलीएका छोरा बिरबहादुरको हातको भिडीयो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गर्नुभयो । लडेर हात भाँचीएको धौलागिरी गाउँपालिका ७ का बिसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परिक्षणका लागि सदरमुकाम […]

युरोप र अमेरिकाको सपना ः ठगी र दुःख

सन्तोष गौतम /नवविकल्प विकल्प न्यूज/बेनी पुस २७ गते । मेक्सीकोबाट पैदलमार्ग भएर अमेरीका जान हिडेका नेपाली समेतका आप्रवासीहरु । तस्विर माईसन्सार डटकमगुगल   म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी पछिल्लो समय असुरक्षित बनेको छ । अबैध बाटो भएर असुरक्षित रुपमा युरोप र अमेरीका पुग्ने सपना बुनेका युवाहरु जाना जान ठगीन बाध्य छन् । राम्रो जागिर […]

म्याग्दीलाई साक्षर जिल्ला घोषणको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ पुष । म्याग्दीलाई आगामी माघ ८ गते बिशेष समारोहका बिच साक्षर जिल्ला घोषणा गरिने भएको छ । म्याग्दीमा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । बुधबार जिल्ला शिक्षा कार्यालयमा पत्रकार घेटघाट […]

जलजलामा गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ पुष । पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो । समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा र सदस्यहरुमा ९ […]

करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग

विकल्प न्यूज/बेनी पुस २६ गते । टाउकोमा क्यान्सर भएर थलीएकी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणाको उपचारका लागि बहराईनबाट बुधबार असी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।  परोपकारी संस्था ओमकुमारी शान्तिकोषले १५ विर्षया गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको करुणा बचाउ अभियानमा दग्नाम बैदेशिक सहयोग समितिले उक्त सहयोग उपलब्ध गराएको हो […]

भुरुङ तातोपानीमा सामुदायिक विद्यालयले सुरु ग¥यो आवासीय सेवा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मान्द्रेढुङ्गामा रहेको हिमालयन आधारभुत विद्यालयले आवासीय सेवा सुरु गरेको छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालय आवासीय रुपमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । विद्यार्थीको पढाईप्रती रुची बढाउने, सिकाई उपलब्धी वृद्धी र गुणस्तर सुधारका लागि आवासीय कक्षा सुरु गरेको […]

म्याग्दी महोत्सव नजिकिँदै गर्दा बेनी बजार झकिझकाउ

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ पुष । छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुन दुई दिन बाँकी रहँदा सरमुकाम बेनी बजार झकीझकाउ बनेको छ । पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको सार्वजनीक स्थल […]

छैठौं म्याग्दी महोत्सवको ८० प्रतिशत तयारी सकियो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ पुष ।बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको तयारी असी प्रतिशत सकिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ […]

मोहनी लगाउने जलजलाको सौन्दर्य

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २३ पुष । प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङमा रहेको जलजलाको लेक ओझेलमा परेको छ । पुर्वाधार र प्रचारप्रसारको अभावका कारण जलजला ओझेलमा परेको हो । समुन्द्री सहतदेखि तीन हजार चार सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण लगायतका १२ […]

म्याग्दीको तिन गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णयले औपचारिकता पायो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, २५ पुस । म्याग्दीको तिन वटा गाउँपालीकाको केन्द्र परिवर्तन गर्ने जनप्रतिनिधिको निर्णयले औपचारीकता पाएको छ । सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गरेपछि धौलागिरीको सातमुले घट्टेखोला, रघुगंगाको मौवाफाट र अन्नपूर्ण गाउपालीकाको स्थाई केन्द्र पोखरेबगरमा कायम गर्ने गाउसभाको निर्णयले औपचारीकता पाएको हो । तत्कालीन राज्य पुनसंरचना आयोगले धौलागिरीको मुना, रघुगंगाको पाखापानी र […]

माओवादी केन्द्र बेनपा ७ को अध्यक्षमा शर्मा

विकल्प न्यूज/बेनी पुस २५ गते । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडानम्बर ७ को प्रथम वडा सम्मेलनबाट लक्ष्मण शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा रहमत खान, सचिवमा सुरेश ढुङ्गना, कोषाध्यक्षमा खेम केसी, सहसचिवमा विजुला बानियाँ रहेको कमिटिको सदस्यहरुमा कृष्ण आचार्य, मोहन आचार्यं भुवन आचार्य, शान्ति शाक्य, गंगा थापा र […]

बनौमा वडामै योजना सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ पुस । पर्वतको जलजला गाउँपालिकाले ९ नम्बर वडा बनौमा चालु आर्थिक वर्षमा सञ्चालन हुन लागेका पूर्वाधार योजनाहरुको वडामै सम्झौता गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र गाउँकार्यपालिकाको भौतिक पूर्वाधार निर्माण समितिका संयोजक देवेन्द्र भण्डारी (रवी) सहितको टोलीले मंगलबार बनौमा पुगेर योजना सम्झौता गरेको हो । अपायक पर्ने […]