म्याग्दीको तिन गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णयले औपचारिकता पायो

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी, २५ पुस । old vdc new wardsम्याग्दीको तिन वटा गाउँपालीकाको केन्द्र परिवर्तन गर्ने जनप्रतिनिधिको निर्णयले औपचारीकता पाएको छ । सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गरेपछि धौलागिरीको सातमुले घट्टेखोला, रघुगंगाको मौवाफाट र अन्नपूर्ण गाउपालीकाको स्थाई केन्द्र पोखरेबगरमा कायम गर्ने गाउसभाको निर्णयले औपचारीकता पाएको हो ।

तत्कालीन राज्य पुनसंरचना आयोगले धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारलाई अस्थाई केन्द्र तोकेको थियो । गाउपालीकाको स्थाई केन्द्र राख्ने विषयमा गाउसभामा बहुमतको आधारमा भएको निर्णय अनुसारनै राजपत्रमा सूचना प्रकाशन भएको हो ।

स्थानीय राजनितिक दल र जनप्रतिनिधिको सहमती अनुसार अन्नपूर्ण गाउपालीकाको कार्यालय पोखरेबगरमै स्थापना भएको थियो । धौलागिरीको मुना र रघुगंगाको पाखापानीमा कार्यालय स्थापना भएपनि धेरैजसो काम बेनीबाटै हुने गरेको थियो ।

मौवाफाँटमा केन्द्र कायम गर्ने सिफारीस सरकारले अनुमोदन गरेकाले अब केही दिनमा कार्यालय स्थापना गरेर कामकाज सुरु गर्ने रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरि मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरि सेवा प्रवाह गर्ने बताउनुभयो ।
उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झिँ हुँदै पाखापानी सम्मको लागि सडक सञ्जालले जोड्नको लागि तत्काल आबश्यक प्रकृया सुरु गर्ने समेत बताउनुभयो ।